default_image

6 years ago

November 12, 2018

सेल्टाविरुद्ध रियल म्याड्रिडको ४ गोल

24 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रोयल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ । यस नतिजासँगै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकको दुरीलाई  ४ अंकमा झारेको छ ।

रियलका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै गोल गरे । दोस्रो हाफको ५६ औं मिनेटमा बेन्जेमाको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्कंदा डिफेन्डर गुस्ताभो कब्राललाई लाग्दै गोलमा परिणत भयो । लगत्तै सेल्टाले पनि गोल फर्कायो । ह्युगो माल्लोले उत्कृष्ट भली प्रहार गर्दै अग्रता १ गोलमा झारे ।

रियलका लागि कप्तान सर्जियो रामोसले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई ४-१ को फराकिलो अग्रता दिलाए । ब्रेस मेन्डेजले अन्तिम मिनेटमा गोल फर्काएपनि त्यो सान्त्वना गोलमा सिमित भयो । रियलले सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेयता क्लबको यो लगातार चौथो जित हो ।

ला लिगाको नियमअनुसार कुनैपनि प्रशिक्षकलाई १४ दिनसम्म मात्र कार्यवाहकको भूमिका दिन पाइन्छ । रियलले सोमबार नै सोलारीलाई स्थायी प्रशिक्षकको रुपमा नियुक्त गर्ने सम्भावना रहेको छ । रियल अंक तालिकामा १२ खेलमा २० अंकसहित छैटौं स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाले १२ खेलमा २४ अंक जोडेको छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.