10 years ago
August 30, 2015
नेपालले पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दै २२ वर्ष लामो उपाधि खडेरी टारेको छ । भारत विरुद्ध विहिबार भएको रोमााञ्चक फाइनलमा ट्राइबेकरमा ५–४ गोल अन्तरले जित निकाल्दै नेपाल विजेता बन्न सफल भएको हो ।
पहिलो हाफको सूरुवातबाटनै दबाब दिन नेपाली टिम सफल भएको थियो । नेपालले ३१ औं मिनेटमा सुनिल बलको कर्नरलाई अन्नत तामाङको हेडलाई भारतीय गोलरक्षक सायक बराइले वान टच समाउन नसकेपछि पाएको बललाई तेज तामाङले पोष्टको दिशा दिएपछि नेपाल सुरुवाती अग्रता हासिल गर्न सकेको थियो ।
पहिलो तथा दोस्रो हाफको अधिकासं समय नेपालले बललाई आफ्नो नियन्त्रणमा राखेपनि खेलको अन्ततीर आफ्नो लय गुमाएपछि निर्धारित समयमकै जितबाट भने नेपाल विमुख भयो । इन्जर्ड भएर मैदानमा उत्कृष्ट प्रदर्शन गरेका अञ्जन विष्ट मैदानबाट बाहिरिए भने विमल पनि मैदान छाड्न पुगेपछि नेपाल डिफेन्सीभ अवस्थामा धकेलिएको थियो । यस्तोमा विमलको स्थानमा मैदान प्रवेश गरेका दिनेश राजबंशीले खेल सकिन ३ मिनेट बांकि हुंदा ह्यान्ड गरेपछि भारत पेनल्टी मार्फत खेललाई बराबरी गर्न सफल भएको थियो ।
बराबरी पछि दुबै टिमिले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो । जसमा नेपालका गोलरक्षक सोजित गुरुङले भारतका मोइनुदिनको पहिलो प्रहार बचाए । जुन प्रहारनै निर्णयक बन्यो । त्यसपछि नेपाल र भारतका सबै खेलाडिले गोल गरेपछि समग्रमा नेपाल ५–४ ले विजयी भयो ।
विजयी भएपछि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडिको मेहेनत र आफुहरुले गरेको अभ्यासले सफल्ता प्राप्त गरेको बताए । उनले आफुले खेलाडि हुंदा सागको उपाधि जितेको र आज प्रशिक्षकको रुपमा उपाधि जित्न पाउंदा निकै खुशिलागेकोा बताए । उनले आफ्नो जित सम्पुर्ण भुकम्पपिडीत तथा एन्फाका पुर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठप्रति समिर्पित गरेका थिए । जित पछि उत्साहि देखिएका श्रेष्ठले जितले अब एएफसि छनोटमा बलिाये मनोवल भएको भन्दै त्यसमा राम्रो गर्ने चुनौती थपिएको बताए ।
त्यस्तै भारतीय प्रशिक्षक सायिद सविर पासाले नेपाल विरुद्ध राम्रो प्रदर्शनका बाबजुत समयमानै गोल हुन नसक्दा निर्धारित समयमानै खेलमा फर्कन नसिकीएको बताए । उनले नेपाली गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाललाई बधाई दिएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]