6 years ago
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र ग्रान्डमास्टर जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा जारी खेलमा शेर्पाले खेलमा पकड जमाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको पहिलो मिनेटमा नै शेर्पाले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । प्याट्रिकले अफसाइड ट्र्याप बिट गरेपनि राम्रोसँग बललाई नियन्त्रणमा लिन नसक्दा बक्स भित्रैबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारबाट थोरैले बाहिरियो ।
२६औं मिनेटमा भिषण गुरुङले पेनाल्टी एरियामा पाएको बललाई सदुपयोग गर्न सकेन । उनको प्रहार आकासिएको थियो । ३६औं मिनेट भिषणले अर्काे मौका खेर फाले । जावलाखेलले उल्लेख्य आक्रमण बुन्न सकेन । ४३औं मिनेटमा फोफानाको पासमा सुशिल कुमार यादवले मौका पाएपनि शेर्पाका डिफेन्डर आशिष गुरुङले क्लियर गरिदिए ।
दोस्रो हाफ केहीबेरमा शुरु हुनेछ । शेर्पा दोस्रो जितको खोजीमा रहँदा जावलाखेल पहिलो जितको खोजीमा छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]