6 years ago
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक श्याम थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत कार्यसमितिलाई बधाई दिएका छन् ।
सातदोबाटोस्थित एन्फामा शुक्रबार अध्यक्ष शेर्पालाई भेटी भारतीय पूर्व खेलाडी थापाले बधाई दिएका हुन् । वैशाख २२ गते एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । भारतको कोलकातामा बस्दै आएका थापा व्यक्तिगत कामको सिलसिलामा नेपाल आएका बेला एन्फा पुगेका थिए ।
एन्फा युवा परियोजनाको प्रशिक्षकका रुपमा थापाले सन् २००४ देखि ४ वर्ष नेपालमा काम गरेका थिए । त्यसबीचमा उनले राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए । भेटका क्रममा थापाले युवा परियोजनामा जोड दिन सल्लाह दिएका थिए ।
एन्फा अध्यक्ष शेर्पाले समय समयमा नेपाल आएर फुटबल प्रशिक्षकहरुलाई सल्लाह सुझाव दिन थापालाई आग्रह गरेका थिए । त्यसमा थापाले पनि आफु सकारात्मक रहेको बताए । थापाले एन्फा उपाध्यक्ष पंकज नेम्बाङ, कृष्ण थापा, उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, प्रवक्ता किरण राई, महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्कासँग पनि भेट गरेका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]