default_image

6 years ago

December 1, 2018

मनाङलाई अग्रता बढाउने अवसर, संकटा र च्यासल भिड्दै

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार हल्चोकस्थित एपीएफ रंगशालामा दुई खेल हुँदैछन् । पहिलो खेलमा सीएमजी क्लब संकटा र भ्याली च्यासल युवा क्लब खेल्दैछन् । दोस्रो खेलमा शीर्षस्थानको मनाङले सरस्वतीको सामना गर्नेछ ।

संकटाले लिगमा लगातार तीन खेल जितेपछि पछिल्लो खेलमा आर्मीसँग ५-१ को फराकिलो हार बेहोरेको थियो । यता च्यासल पनि उतारचढावको प्रदर्शनले समस्यामा छ । पछिल्लो खेलमा आफ्नै गल्तीका कारण पुलिसलाई दुई गोल उपहार दिएपछि च्यासल २-० ले पराजित भएको थियो । त्यसअघि भने च्यासलले एनआरटीलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

संकटाले ४ खेलमा ९ अंक जोडेको छ भने च्यासल ४ अंकमा नै सिमित छ । च्यासलले आर्मी र पुलिससँग हार बेहोरेको छ भने मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । संकटाले भने पहिलो खेलमा सरस्वती, दोस्रोमा जावलाखेल र तेस्रो खेलमा मछिन्द्रलाई पराजित गरेको छ । पछिल्लो हारपछि दुवै टोली जितको लय कायम गर्न इच्छुक हुनेछन् ।

अर्को खेलमा शीर्षस्थानमा रहेको मनाङलाई अग्रता बढाउने मौका हुनेछ । दोस्रो स्थानको थ्री स्टारले समान १२ अंक जोडेपनि मनाङले एक खेल कम खेलेको छ । यो खेल जितेमा अग्रता ३ अंकको हुनेछ । आइतबार समान १० अंक बोकेको हिमालयन शेर्पा र त्रिभुवन आर्मीको खेल हुँदैछ । उक्त खेल बराबरी भए मनाङले अग्रतालाई ३ अंकमा पुर्याउनेछ ।

सरस्वती भने लगातार जित दर्ता गरेर लय समाउन प्रयासरत छ । सुरुवाती दुई खेलमा पराजित सरस्वति पछिल्लो दुई खेलमा विदेशी खेलाडीको आगमनसँगै बलियो रुपमा प्रस्तुत भएको छ । विदेशी खेलाडी भिक्टर सरस्वतीको नतिजामा निर्णायक भूमिका खेल्दै आएका छन् । उनले यसअघि मनाङ र थ्री स्टारबाटै खेलिसकेका छन् ।

आजको खेल :

मंसिर १५ : संकटा विरुद्ध च्यासल – ११:०० – हल्चोक

मंसिर १५ : मनाङ विरुद्ध सरस्वती – २:३० – हल्चोक

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.