default_image

6 years ago

December 6, 2018

नेपाली खेल पत्रकारको रोजाइमा मेसी र रोनाल्डो परेनन्

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड ब्यालोन डी ओर नेपाली खेलाडी जित्ने त कुरै छाडौं मनोनयमा पर्नु पनि तत्कालका लागि सपना बराबर हो ।

अपवाद बाहेक नेपाली खेलाडीले एसियाभन्दा बाहिर व्यवसायिक फुटबल खेलेका छैनन् । व्यवसायिक रुपमा केहि खेलाडीले दक्षिण एसियामा राम्रै नाम कमाएपनि दक्षिण एसिया बाहिर राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । यस्तोमा नेपाली खेलाडीले विश्व फुटबलमा उचाई बनाउन अझै धेरै वर्ष कुर्नु पर्ने हुन सक्छ ।

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड युरोपमा व्यावसायिक फुटबल खेल्ने खेलाडीले जित्दै आएका छन् । यसपटकको अवार्ड विश्व कप र रियल म्याड्रिडका लागि गरेको उच्च प्रदर्शनका आधारमा क्रोएसियाली स्टार लुका मोड्रिचले जितेका छन् । नेपाली खेलाडीले त्यो अवार्ड जित्ने वा मनोनयमा पर्न तत्कालका लागि सम्भव नदेखिएपनि ब्यालोन डी ओरको विजेता चुन्ने सवालमा भने नेपाली खेलकुद पत्रकारको पनि भूमिका रहने गरेको छ । विश्वका १ सय ७६ खेल पत्रकारले ब्यालोन डी ओरका मनोनयमा परेका खेलाडीलाई मत दिएका थिए ।

हरेक वर्ष फ्रान्सेली फुटबल र म्यागेजिनले दिने अवार्डका लागि हेरक देशका एक खेल पत्रकार छनोट गर्ने परम्परा छ । नेपाली खेल पत्रकारमा यसपटक कान्तिपुर दैनिकका राजु घिसिङले मतदान गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव समेत रहेका घिसिङले विश्व फुटबलमा तहल्का मच्चाई रहेका क्रिस्टियानो रोनाल्डो र लियोन मेसीलाई आफ्नो रोजाईमा राखेनन् ।

हरेक खेल पत्रकारले मनोनयमा परेका ५ खेलाडी अंक दिन पाउने प्रावधान थियो । जसमा शीर्ष वरियताका लागि ६, दोस्रोलाई ४, तेस्रोलाई ३, चौथो र २ र पाँचौं रोजाईका लागि १ नम्बर दिनु पर्ने थियो ।

एक दशकको रोनाल्डो र मेसीको राजलाई अन्त्य गर्ने क्रममा मोड्रिचले अवार्ड जिते । घिसिङको रोजाईमा मोड्रिच शीर्ष स्थानमा रहे । उनले दोस्रो रोजाईमा राखेका फ्रान्सेली स्टार ग्रिज्मन तेस्रोमा आएका थिए । राजुको रोजाईमा नपरेका रोनाल्डो यसपटक दोस्रो स्थानमा रहे । रोनाल्डो र मेसीले समान ५ पटक उक्त अवार्ड जितिसकेका छन् । यस्तै विश्वभरबाट गोडिनले प्राप्त गरेको एकमात्र मत नेपालबाट नै गएको थियो ।

मार्काले मतदान गर्ने हरेक खेल पत्रकारको सुचि सार्वजनिक गरेको छ । नेपाली खेलकुद पत्रकार राजु घिसिङको रोजाई यस्तो थियो ।

१. लुका मोड्रिच

२. एन्टोइन ग्रिज्मन

३. इडेेन हजार्ड

४. केलियन एमबाप्पे

५. डीएगो गोडिन

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.