6 years ago
December 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएका दुवै खेल गोलरहित बराबरीमा टुंगिए । यससँगै छैटौं चरणको खेल समाप्त भएको छ ।
बिहीबार एनआईबीएल फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबलाई रोक्दा गोलरक्षक देव लिम्बूले उत्कृष्ट प्रदर्शन गरे । आर्मीका नियमित फरवार्ड कप्तान भरत खवास दोहोरो पहेंलो कार्डका कारण प्रतिबन्धमा परेपछि आर्मीको आक्रमण फितलो देखियो । फरवार्ड नवयुग श्रेष्ठले चोटका बाबजुद पनि अन्तिम २० मिनेट खेले तर गोल गर्न भने सकेनन । उनको उपस्थितिमा टोलीको आक्रमण केहि बलियो देखिएपनि टंक बस्नेतले अवसर सदुपयोग गर्न नसक्दा आर्मी बराबरीमा रोकियो ।
पुछारका ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबको खेलमा पनि गोल हुन सकेन । मछिन्द्रले लिगको ६ खेल सकिंदासम्म पनि गोल गर्न सकेको छैन । तीन गोलरहित बराबरी खेलेको मछिन्द्रले तीन खेलमा पराजय भोगेको छ । लिगको पहिलो खेलमा च्यासल र दोस्रोमा पुलिसलाई रोक्दा डिफेन्डर विकास राईले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि पाएका थिए । यो मछिन्द्रको लिगमा तेस्रो बराबरी हो । ब्रिगेड ब्वाइजले भने ६ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक जोडेको छ ।
लिगको छैटौं चरण सकिँदा मनाङ मर्स्याङदी क्लबले ६ खेलमा शत प्रतिशत जितको नतिजासहित शीर्ष स्थानमा छ । रुस्लान थ्री स्टार क्लब र सीएमजी क्लब संकटा ६ खेलमा ५ जितसहित १५ अंक बोक्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानमा अपराजित नतिजा हासिल गर्दै ६ खेलमा ४ जित र २ बराबरी हासिल गरेको आर्मी १४ अंकमा छ ।
नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब ६ खेलमा समान ३ जित, १ बराबरी र २ हारसहित १० अंक जोड्दै क्रमश: पाँचौ र छैटौं स्थानमा छन् । सातौं र आठौं स्थानका च्यासल र एपीएफले २ जित र १ बराबरीसँगै ७ अंक जोडेका छन् । नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती रहेको छ ।
लिगमा १ जित र २ बराबरी खेलेको फ्रेन्ड्स ५ अंक जोड्दै दशौं स्थानमा छ भने जावलाखेल ४ अंक जोडेपनि गोलअन्तरको आधारमा ११ औं स्थानमा छ । समान ४ अंक जोडेको ब्रिगेड ब्वाइज १२ औं स्थानमा छ । जितविहीन मछिन्द्र र एनआरटी क्रमश: ३ र १ अंकसहित पुछारको दुई स्थानमा रहेका छन् ।
अंक तालिका :
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]