default_image

5 years ago

December 7, 2018

नेयमारको प्रिमियर लिग खेल्ने चाहना

पेरिस (एजेन्सी)– ब्राजिल र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एक दिन प्रिमियर लिग खेल्नु पर्दछ ।’ बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी जानुअघि नेयमार प्रिमियर लिग टोली जाने चर्चा चलेको […]

27 views

0 Bookmark

पेरिस (एजेन्सी)– ब्राजिल र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एक दिन प्रिमियर लिग खेल्नु पर्दछ ।’

बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी जानुअघि नेयमार प्रिमियर लिग टोली जाने चर्चा चलेको थियो । २६ वर्षे स्टारलाई भित्राउन म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले चासो देखाएका थिए । तर, फ्रान्सेली क्लब पिएसजी ५ वर्षका लागि उनीसँग सम्झौता गर्न सफल भएको थियो ।

सिटीका फुलब्याक बेन्जामिन मेन्डीले के तिमि कुनै दिन इग्ल्यान्डमा फुटबल खेल्छौं भन्दै युट्यूवमार्फत नेयमारलाई सोधेका थिए । त्यसमा नेयमारको जवाफ छ, ‘ यो विश्वको उत्कृष्ट फुटबल मध्येको एक हो । यो ठूलो प्रतियोगिता हो । भोलीको बारेमा मर्ला थाहा छैन । तर हरेक उत्कृष्ट खेलाडीले कम्तिमा एक दिन प्रिमियर लिग खेल्नुपर्दछ ।’

नेयमारले मेन्डीलाई अगाडि भनेका छन्, ‘ यदि तिमि त्यहाँ खेलिरहेका छौं भने मलाई विश्वास छ तिमि प्रिमियर लिगमा रमाई रहेका छौं । तिमि उत्कृष्ट खेलाडीको हकदार हौं । बधाई छ ।’

बार्सिलोनाबाट पिएसजी पुगेयता नेयमार उच्च फर्ममा छन् । उनले ४८ खेलमा ४३ गोल गरिसकेका छन् । गत सिजन उनी उत्कृष्ट लिग १ खेलाडी घोषित भए । यद्दपी चोटका कारण उनले गत सिजन पुरा लिग खेल्न सकेनन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.