default_image

5 years ago

December 6, 2018

‘मेसीभन्दा म्यारोडोना उत्कृष्ट’- पेले

रियो (एजेन्सी)– ब्राजिलियन महान खेलाडी पेलेको नजरमा लिओनेल मेसीभन्दा डिएगो म्यारोडोना उत्कृष्ट खेलाडी हुन् । पेलेको बुझाईमा मेसी बार्सिलोनाका उनका पूर्व सहकर्मी जाभी र आन्द्रेस इनियस्टाका कारण इतिहासका उत्कृष्ट खेलाडी बनेका हुन् । पेलेले म्यारोडोना उत्कृष्ट मध्येका एक भएको बताए । उनले बार्सिलोनाका मेसीसँग बायाँ खुट्टाको एउटा मात्र स्किल रहेको बताउँछन् । एउटा पत्रिकालाई दिएको […]

31 views

0 Bookmark

रियो (एजेन्सी)– ब्राजिलियन महान खेलाडी पेलेको नजरमा लिओनेल मेसीभन्दा डिएगो म्यारोडोना उत्कृष्ट खेलाडी हुन् । पेलेको बुझाईमा मेसी बार्सिलोनाका उनका पूर्व सहकर्मी जाभी र आन्द्रेस इनियस्टाका कारण इतिहासका उत्कृष्ट खेलाडी बनेका हुन् । पेलेले म्यारोडोना उत्कृष्ट मध्येका एक भएको बताए । उनले बार्सिलोनाका मेसीसँग बायाँ खुट्टाको एउटा मात्र स्किल रहेको बताउँछन् ।

एउटा पत्रिकालाई दिएको अन्तवार्तामा पेलेले जाभी र इनियस्टा जस्ता खेलाडीको सहयोगमा मेसी नम्बर एक खेलाडी भनेका हुन् । उनले भने, ‘एउटा सम्पूर्ण खेलाडी र एउटा मात्र स्किलमा फरक पर्दछ । दायाँ बायाँ दुवै खुट्टा चलाउने, राम्रो हेड गर्ने खेलाडी र एउटा खुट्टा चलाउने हेड पनि राम्रो गर्न नसक्नेको तुलना हुन सक्दैन ।’

पेलेको नजरमा फेन्च बेकनबाउर र योहान क्राएफ पनि राम्रा खेलाडी हुन् । पलेले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पे भन्दा ब्राजिलयन नेयमार उत्कृष्ट खेलाडी भएको बताएका छन् । यहि साता रियल म्याड्रिडका लुका मोड्रिचले ब्यालोन डी ओर अवार्ड जित्दा विश्व कप विजेता फ्रान्सका एमबाप्पले चौथो स्थानमा रहेका थिए ।

स्वास्थ्यका कारण ७८ वर्षे पलेले रसिया विश्व कप हेर्न पाएनन् । अझै पनि उनले आराम गर्नुपर्नेछ । उनले आफु अर्को विश्व कप जान चाहेको बताएका छन् । म्यारोडोनाले पनि वर्षको सुरुवातामा मेसीको आलोचन गरेका थिए ।

राष्ट्रिय टोलीलाई आवश्यकता पर्दा मेसीले उच्च प्रदर्शन गर्न नसक्ने भन्दै समर्थकबाट पनि आलोचन हुने गरेका छ । जबकी म्यारोडोनाले देशका लागि विश्व कप जितेका छन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.