default_image

5 years ago

December 7, 2018

लिभरपुलका डिफेन्डर गोमेज ६ साता मैदान बाहिर रहने

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेज ६ साता मैदान बाहिर रहने भएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति बर्नलीमाथि ३–१ को जित निकालेको खेलमा जोए गोमेज घाइते हुदै मैदानबाट बाहिरिएका थिए । जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो । उनले बाँया खुट्टाको […]

23 views

0 Bookmark

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेज ६ साता मैदान बाहिर रहने भएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति बर्नलीमाथि ३–१ को जित निकालेको खेलमा जोए गोमेज घाइते हुदै मैदानबाट बाहिरिएका थिए ।


जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो । उनले बाँया खुट्टाको एंकलमा चोट बोकेको थियो । उनको बिहिबार स्पाइर अस्ततालमा उपचार भएको थियो ।

यससँगै जोए करिव ६ साता मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ । उनले कम्तीमा पनि १० खेल गुमाउने पक्का छ । उनी खेलमा कहिले फर्कने भन्ने उनको उपचारमा भर पर्ने क्लबले जनाएको छ ।

इंग्ल्यान्डका २१ वर्षीय जोए म्यानचेस्टर युनाइटेड, आर्सनल, म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगको नेपोलीविरुद्धको महत्त्वपूर्ण  खेल गुमाउने छन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.