default_image

5 years ago

December 7, 2018

चोट चाँडै ठिक हुने क्रुसको विश्वास

22 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले आफ्नो चोट छिट्टै निको हुनेमा आशावादी रहेको बताएका छन् । नोभेम्बर २८ मा च्याम्पियन्स लिगमा रोमालाई २–० ले हराउँदा जर्मन अन्तराष्ट्रियको घुँडामा चोट लागेको थियो ।

यद्दपी क्लबका तर्फबाट क्रुसका विषयमा कुनै जानकारी दिइएको छैन । तर, क्रुस आफैले सामाजिक सञ्चालमार्फत आफ्नो बारेमा समर्थकलाई जानकारी दिएका छन् । रोमाको खेलपछिको चोट ठिक पार्ने प्रयास भइरहेको छ, उनले ट्विटमा भनेका छन् ।

क्लबले कुनै जानकारी नदिएका कारण उनको पुनरागमका विषयमा यसै भन्न सकिने अवस्था छैन । घुँडाको चोटका कारण उनी मैदान बाहिर बस्नु परेको थियो । फेब्रुअरीमा चोट कारण उनले बेटिस, लेगानेस, अल्भेस, इस्पानुयोल र गेटाफेसँगको खेल गुमाएका थिए ।

सान्टियागो सोलारीको नेतृत्वमा रहेको रियलका कासिमेरोले पनि चोटका कारण आउने खेल गुमाउने अनुमान गरिएको छ । क्रुस आइतबार हुने खेलमा खेल्ने नखेल्ने अझै अनिश्चित रहेको छ ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.