default_image

5 years ago

December 12, 2018

लिगको आठौं चरण बिहीबारदेखि, मनाङविरुद्ध आर्मी शुक्रबार

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेल बिहीबारदेखि सुरु हुँदैछ । आठौं चरणमा लिग तालिकाको शीर्ष चार स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सातौं चरणको समाप्तिसम्म मनाङले शत प्रतिशत जित दर्ता गर्दै शीर्षस्थानमा पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेल बिहीबारदेखि सुरु हुँदैछ । आठौं चरणमा लिग तालिकाको शीर्ष चार स्थानमा रहेका मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

सातौं चरणको समाप्तिसम्म मनाङले शत प्रतिशत जित दर्ता गर्दै शीर्षस्थानमा पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता गरेको मनाङको २१ अंक छ । दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टारको ७ खेलमा ६ जित र १ हारसहित १८ अंक छ । थ्री स्टारले तेस्रो चरणमा मनाङविरुद्ध भोगेको २-१ को हार नै अंक गुमाएको एकमात्र खेल हो ।

तेस्रो स्थानको संकटा पनि ७ खेलमा ६ जित र १ हारसहित १८ अंकमा छ । संकटालाई त्रिभुवन आर्मी क्लबले ५-१ ले हराएको थियो । चौथो स्थानमा लिगमा अझै हारको स्वाद नचाखेको आर्मी रहेको छ । आर्मीले पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) विरुद्ध २-२ को बराबरी खेलेको थियो । त्यसपछि लगातार ४ जित दर्ता गरेको आर्मी छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लिगको पाँचौ स्थानमा नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ७ खेलमा ३ जित, २ बराबरी र २ हारसहित ११ अंक जोडेको छ । शेर्पा पुलिसको जस्तै नतिजा हात पार्दै गोल अन्तरको आधारमा छैटौं स्थानमा छ । सातौं र आठौँ स्थानमा क्रमश: भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लब रहेका छन् । दुवै टोलीले ७ खेलमा ३ जित, १ बराबरी र ३ हार बेहोरेका छन् ।

नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती क्लब रहेको छ । १ जित र २ बराबरीसहित ५ अंक जोडेको फ्रेन्ड्स क्लब दशौँ स्थानमा छ । जावलाखेल युवा क्लब र ब्रिगेड ब्वाइज क्लब समान ४ अंक बोकेर क्रमश: ११ औं र १२ औं स्थानमा छन् ।

लिगमा अहिलेसम्म गोलको खाता खोल्न नसकेको मछिन्द्र क्लब पुछारबाट दोस्रो स्थानमा छ । मछिन्द्रले ३ बराबरी खेल्दै ३ अंक जोडेको छ । लिगको पहिलो खेलमा आर्मीविरुद्ध बराबरी खेलाडी अंकको खाता खोलेको एनआरटीले त्यसपछि कुनै अंक जोडेको छैन । पछिल्लो ६ खेलमा लगातार पराजय भोगेको एनआरटी १ अंक बोकेर पुछारमा रहेको छ ।

आठौं चरणको खेलहरु :

मंसिर २७ : न्यू रोड टिम विरुद्ध सरस्वती युवा क्लब – ११:०० – एन्फा कम्प्लेक्स

मंसिर २७ : हिमालयन शेर्पा क्लब विरुद्ध संकटा क्लब – २:३० – एन्फा कम्प्लेक्स

मंसिर २७ : नेपाल एपीएफ क्लब विरुद्ध जावलाखेल युवा क्लब  – २:३० -हल्चोक

मंसिर २८ : नेपाल पुलिस क्लब विरुद्ध फ्रेन्ड्स क्लब – ११:०० – एन्फा कम्प्लेक्स

मंसिर २८ :मनाङ मर्स्याङदी क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब – २:३० – एन्फा कम्प्लेक्स

मंसिर २९ : च्यासल युवा क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब – ११:०० – हल्चोक

मंसिर २९ : रुस्लान थ्री स्टार क्लब विरुद्ध मछिन्द्र क्लब – २:३० – हल्चोक

अंक तालिका :

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.