default_image

7 years ago

December 16, 2018

एन्फा पहिलो ब्याचका खेलाडीबाट ‘गजेन्द्र सर’लाई सहयोग

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– केहि अघि सम्म गुमनाम जस्तै गजेन्द्र राना अहिले चर्चामा छन् । पत्रकार विद्या चपागाईले तयार पारेको हेर्ने कथा गर्जेन्द्र सर युट्यूबमार्फत सार्वजनिक भएपछि उनको चर्चा सुरु भएको हो ।

पाँच वर्षअघि आफन्त र नाता गोताका बारेमा बुझ्न राजधानीबाट सुर्खेतको आफ्नो गाँउ पुगेका गजेन्द्र त्यहाँको प्राथमिक विद्यालयको अवस्था देखेर केहि समय पढाउने योजनामा पुग्छन् ।

गुर्माकोट नगरपालिका वडा नम्बर १४ को गुमीमा रहेको जनसंयुक्त प्राविमा केहि समय पढाउने र सुधारको प्रयास गरेर फर्कने उनको योजना थियो । तर, त्यो तीन महिना स्वयम् सेवक रुपमा काम गरेपछि उनीमाथि स्थानियको भरोसा पनि बढ्नै गया भने उनी पनि त्यो ठाँउ छाड्न नसक्ने भए ।

अर्को स्कुलसँग गाभ्ने तयारीमा रहेको त्यो जनसंयुक्त प्रावि अहिले जिल्लाकै उदाहरणीय स्कुल बनेको छ । आफै एसोएस बाल ग्राममा हुर्नेका उनै गजेन्द्र सरलाई झन्डै २ दशक भन्दा अघिसँगै फुटबल खेलेका एन्फा पहिलो ब्याचका साथीहरुले सम्झेर उनी यति बेला काठमाडौं आइपुगेका छन् ।

उनले नयाँ पुस्ता तयार पार्नका लागि गरेको प्रयासको कदर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याचका खेलाडीले गजेन्द्रको योजनामा साथ दिएका छन् र आर्थिक सहयोग गरेका छन् । गजेन्द्र एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी थिए । २०५४ सालमा उनीसँगै एन्फा एकेडेमीमा फुटबलको गुण सिकेका कति विदेशमा छन् भने कहि स्वदेशमै छन् ।

सोही ब्याचका अमेरिकामा रहेका प्रयल राजभण्डारीको पहलमा गजेन्द्र सरलाई सघाउन आर्थिक संकलन सुरु भएको थियो । अमेरिकामा रहेका पहलो ब्याजका फुटबल खेलाडी र अन्य खेलसँग सम्बन्धितहरुले संकलन गरेको ८ लाख १० हजार रुपैयाँ राजधानीमा आइतबार गजेन्द्र सरलाई हस्तान्तरण गरियो ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापा, एन्फा एकेडेमीका तत्कालिन प्रशिक्षक किशोर केसी, सुनिल श्रेष्ठ, एन्फा पहिलो ब्याचका प्रशान्त गिरी, राजीव श्रेष्ठले गजेन्द्रलाई रकम जम्माको भौचर हस्तान्तरण गरे । उनलाई दुई वटा ल्यापटप पनि हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा पहिलो ब्याचका मानसाजन राजभण्डारीले १० हजार रुपैयाँ सहयोग गरे । एन्फा एकेडेमीका उत्पादन एवंम् हालै इन्डोनेसिया लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका रोहित चन्दले पनि आर्थिक सहयोग गरे तर उनले रकम खुलाउन चाहेनन् । पहिलो ब्याचकै प्रज्वल खातीले बल हस्तान्तरण गरे ।

एन्फाका पूर्व अध्यक्ष थापाले दक्षिण एसियाली खेलकुद (साफ) को स्वर्ण पदक विजेताका रुपमा राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त हुने २ वर्षको १ लाख २० हजार रुपैयाँ गजेन्द्रलाई दिने घोषणा गरे ।

कार्यक्रममा बोल्दै गजेन्द्रले एन्फा एकेडेमीमा हुँदाको र एन्फा छाडेपछि स्नातकोत्तरसम्मको अध्ययन पछि सुर्खेत फर्केको स्मरण गर्दै भने,‘ सबै आफुले सोचे जस्तो मात्र नहुने रहेछ । त्यहाँको स्कुलको विजोग देखेपछि केहि महिना बसेर सुधार गर्न सक्छुकी भनेर बसेको थिए । पछि विस्तारै छोड्नै नसक्ने अवस्थामा पुगे । अहिले पाँच वर्षदेखि काम गरिरहेको छु । स्थानियको विश्वास पनि बढेको छ विद्यालयमा विधार्थी पनि बढेका छन् ।’

यूट्युबमा आफ्नो र विद्यालयका बारेमा तयार पारेको कथा हेरेपछि देश भन्दा विदेशबाट बढी फोन आएको स्मरण गर्दै अहिले पनि स्वयम् सेवककै रुपमा काम गरिरहेका गजेन्द्रले भने,‘ दुई तीन दिन सम्म त ठिकै लागेको थियो । पछि त फोन धेरै आउन थालेर राती अफ गरेर सुत्न थाले । धेरैले सहयोग गर्नेु भएको छ । त्यसले मलाई अझै काम गर्ने हौसला मिलेको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।

गाँउमा आर्थिक कारण र अविभावक विहिन भएका कारण धेरै बालबालिकाले पढ्न नपाइरहेको प्रसंग कोट्उँदै उनले भने,‘ मेरो धर्म आमा जसले मलाई एसोएसमा हुर्काउनुभयो । भविष्यमा त्यो आमाको नाममा फाउन्डेसन स्थापना गर्ने र त्यसबाट आर्थिक र अविभावक विहिनहरुलाई अध्ययनका लागि सहयोग गर्ने योजनामा छु ।’

यू १९ टोलीका पूर्व कप्तान प्रशान्तले आफुसँगै फुटबल सिकेको साथीको सामाजिक कामले सबैलाई प्रमावित पारेको आफुहरु सहयोगका लागि तयार भएको उल्लेख गर्दै भने,‘ हामीले यस्तोमा अरुलाई पनि सहयोग गर्नुपर्दछ ।’

यू १९ का पूर्व गोलक्षक राजीवले आर्थिक सहयोगमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । एन्फाका पूर्व अध्यक्ष थापाले गजेन्द्र सरको कथा आफुले हेरेको र साच्चै उदाहरणीय काम गरेमा भन्दै धन्यवाद दिए ।

 

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.