default_image

5 years ago

December 19, 2018

लेस्टरलाई पराजित गर्दै सिटी कारवाओ कपको सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको […]

35 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।


लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा इकेए गुन्डोगान, गाब्रियल जेसस र ओलेकसन्डर झिन्चेन्कोले गोल गरे ।

रहिम स्ट्रलिङको प्रहार बाहिरिएको थियो । लेस्टर सिटीका ह्यारी मिगुरेले गोल गर्दा क्रिस्टियन फुच, जेम्स म्याडीसन र कग्लर सोयन्चुले गोल गर्न सकेनन् । फुचको प्रहार क्रसबारमा लागेर फर्कदा जेम्स र कग्लरको प्रहार सिटीका गोलरक्षक अरिजानेत मुरिकले बचाएका थिए ।

त्यसअघि खेलको १४औं मिनेटमा चोटबाट पुनरागमन गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनले निकोलस ओटामेन्डीको पासलाई गोलमा परिणत गरेका थिए ।

७३औं मिनेटमा मार्क अलब्रिङ्टनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.