default_image

5 years ago

December 21, 2018

‘रेफ्रीको खराब निर्णयले खेलाडीको प्रदर्शनमा नै असर’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा शुक्रबार फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्यो । खेलमा शेर्पा खेलको ८१ औं मिनेटमा दश खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले ८७ औं मिनेटमा विजयी गोल गरेको थियो । खेलका रेफ्री श्याम दनुवारले डिफेन्डर आशिष गुरुङलाई ८१ औं मिनेटमा दोस्रो […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा शुक्रबार फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्यो ।

फाइल तस्बिर

खेलमा शेर्पा खेलको ८१ औं मिनेटमा दश खेलाडीमा सिमित भएपछि फ्रेन्ड्सले ८७ औं मिनेटमा विजयी गोल गरेको थियो । खेलका रेफ्री श्याम दनुवारले डिफेन्डर आशिष गुरुङलाई ८१ औं मिनेटमा दोस्रो पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

आशिषले फ्रेन्ड्सका सन्जोग महर्जनलाई दायाँ कर्नर निर बल बाहिरिएको अवस्थामा खुट्टाले हानेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । त्यसअघि बल लखेट्ने क्रममा सन्जोगले आशिषलाई हात लगाएपनि रेफ्रीले फल दिएका थिएनन् । आशिषले रिसको झोकमा खुट्टा लगाएका थिए । जसको कारण उनले रातो कार्ड खानुपर्यो र शेर्पाले खेल पनि गुमाउन पुग्यो ।

त्यसो त शेर्पाले खेलदौरान २ पटक पेनाल्टी अपिल गरेपनि रेफ्रीले उनीहरुको पक्षमा निर्णय दिएनन् । ठिक उल्टो शेर्पाकै खेलाडीले पहेंलो कार्ड खाए । फ्रेन्ड्सका गोलरक्षक देव लिम्बू र शेर्पाका वैकल्पिक फरवार्ड अमर डंगोलले ५०-५० च्यालेन्जमा भिड्दा शेर्पाले पेनाल्टी अपिल गरेको थियो । तर रेफ्री दनुवारले अमरलाई पहेंलो कार्ड देखाए । चोटका कारण लिगको पछिल्ला खेल अमर मैदानमा थिएनन् । उनले पुनरागमन गरेकै खेलमा चोट बोक्दै फेरी मैदानबाट बाहिरीए ।

संकटाका प्रशिक्षक सल्यान खड्गी जावलाखेलविरुद्ध

रेफ्रीप्रति असन्तुष्टि जनाउँदै खेलदौरान टचलाइनमा प्रशिक्षक सुवास लिम्बू आक्रोशित देखिए । उनले पटक पटक फोर्थ अफीसियलसामू आफ्नो आक्रोश पनि पोखे । उनले खेलपछि पत्रकार सम्मेलनमा पनि सहभागी भएनन् । जसको कारण उनले थप कारवाही भोग्नुपर्ने सम्भावना भने रहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलपछि पत्रकार सम्मेलनमा उपस्थित नहुँदा आर्थिक कारवाहीसँगै खेलमा प्रतिबन्ध हुनेसम्मको व्यवस्था रहने गर्छ ।

खेलपछि हाम्रोखेलकुदसँग बोल्दै हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङले रेफ्रीको खराब निर्णयले खेलाडीको प्रदर्शनमा नै असर पारेको बताए । ‘ रेफ्रीले लगातार गलत निर्णय गर्दा हाम्रो खेलाडीले खेलमा लय गुमाउँछन् । त्यति मात्र हैन, रेफ्रीको निर्णय विपक्षीको पक्षमा मात्र जाँदा हाम्रो खेलाडी खेलदौरान रिसाए पनि । त्यसैले खेलमा राम्रोसँग दिन सकेनन् र हामीले अंक गुमाउनु पर्यो,’ उनले भने । कप्तान तामाङले यस खेलमा मात्र नभएर अघिल्ला खेलमा पनि रेफ्रीको स्तर ए डिभिजनको जस्तो नभएको बताए ।

रेफ्री विवादमा आएको यो पहिलो खेल भने होइन । लिगको पहिलो खेलमा नै एनआरटी र त्रिभुवन आर्मी क्लबको खेल २-२ को बराबरीमा सकिँदा रेफ्री सुदिश पाण्डे ठुलै विवादमा तानिए । उनलाई एन्फाले आन्तरिक कारवाही पनि गर्यो । यसबिचमा थुप्रै खेलमा रेफ्रीको निर्णयप्रति क्लबहरुले असन्तुष्टि जनाए ।

संकटाले जावलाखेल युवा क्लबविरुद्ध खेलमा ३-१ को जित दर्ता गर्दा खेलको पहिलो हाफमा नै १० खेलाडीमा सिमित हुनु परेको थियो । जितका बाबजुद रेफ्रीको निर्णयप्रति प्रशिक्षक सल्यान खड्गी कड्किएका थिए । उनले रेफ्रीको स्तर नसुधारे लिगको नतिजामा नै असर पर्ने बताएका थिए ।

पछिल्लो चरणमा मछिन्द्रले खेलाडी सुचिमा नै नभएको मैदान छिराउनुले पनि प्राविधिक पक्षमा एन्फाको कमजोरी नहटेको प्रष्ट हुन्छ । उक्त खेलका म्याच कमिस्नर एन्फाका उपाध्यक्ष कृष्ण थापाले आफैं यस लिगका बाँकी खेलमा म्याच कमिस्नरको जिम्मवारी नलिने लिग समितिलाई सूचना दिएका छन् । एन्फाले उक्त खेलका रेफ्री एसेसर र फोर्थ अफिसियललाई भने दशौं र एघारौं चरणको खेलको लागि जिम्मेवारी नदिने बताएको छ ।

पहिलो चरणबाट सुरु भएको लिगको रेफ्री विवाद अहिले दशौं चरणसम्म पनि कायम छ । वर्षेनी हुने गरेको फिफाको आयोजनामा हुने रेफ्री रिफ्रेसर कोर्ष यसपटक हुन सकेन । यसअघि रेफ्रीसम्बन्धि स्मपूर्ण कार्य गर्दै आएको रेफ्री संघलाई परिमार्जन गरेर एन्फाले हाल रेफ्री समिति गठन गरेको छ । रेफ्री संघ र समितिको भूमिकाबारे भने एन्फाले अझै प्रष्ट कार्यविधि ल्याएको छैन ।

कागजमा जस्तोसुकै कदम चालेपनि मैदानमा खेल संचालन गर्ने रेफ्रीको स्तर चुस्त हुनुपर्छ । लिगको अन्तिम तीन चरण बाँकी रहेको अवस्थामा रेफ्रीको सानो गलत निर्णयले नतिजामा ठूलो फरक ल्याउन सक्छ । यसका लागि रेफ्रीहरुले आफूलाई उच्च स्तरमा राख्न जरुरी छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.