काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा सीएमजी क्लब संकटा र ब्रिगेड ब्वाइज क्लबले १-१ को बराबरी खेलेका छन् । यस बराबरीले अंक तालिकाको शीर्ष स्थानमा भने मनाङलाई फाइदा पुगेको छ ।
खेलको १३ औं मिनेटमा संकटाले अग्रता लिएको थियो । अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ब्रिगेड ब्वाइजले पहिलो हाफमा नै बराबरी गोल फर्कायो । जय गुरुङले २८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस बराबरीसँगै संकटाको १० खेलमा ८ जित, १ बराबरी र १ हारले २५ अंक भएको छ । शीर्ष स्थानमा एक खेल कम खेलेको मनाङले ९ खेलमा २७ अंक जोडेको छ । यसअघि रुस्लान थ्री स्टार पनि च्यासलसँग गोलरहित बराबरी खेल्दै १० खेलमा २३ अंक जोड्दै तेस्रो स्थानमा अड्केको थियो ।
अंक तालिका :