default_image

5 years ago

December 27, 2018

‘रंगशाला नहुँदा खल्लो भयो ‘ – मनाङका कप्तान बिराज

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मनाङ मर्स्याङदी क्लबका कप्तान बिराज महर्जनले उपाधि जित्दा खुसी भएपनि रंगशाला नहुँदा भने खल्लो लागेको बताए । मनाङले बिहीबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै कीर्तिमानी आठौंपटक लिग उपाधि जितेको हो । खेलपछि कप्तान महर्जनले भने, ‘रंगशाला छिटो […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मनाङ मर्स्याङदी क्लबका कप्तान बिराज महर्जनले उपाधि जित्दा खुसी भएपनि रंगशाला नहुँदा भने खल्लो लागेको बताए ।

मनाङले बिहीबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै कीर्तिमानी आठौंपटक लिग उपाधि जितेको हो । खेलपछि कप्तान महर्जनले भने, ‘रंगशाला छिटो निर्माण गर्न आग्रह गर्दछु । आज हामीले लिग जितेपनि जितको स्वाद भने खल्लो लागेको छ । रंगशालामा छिट्टै फुटबल खेल्ने वातावरण सिर्जना गरिदिन सम्बन्धित सबैलाई अुनरोध गर्दछु। ‘

कप्तान महर्जनले संगठित भएर खेल प्रदर्शन गर्दा च्याम्पियन बन्न सफल भएको पनि बताए । ‘रेलिगेसन विनाको लिग भएपनि च्याम्पियन बन्न पाउँदा खुसी लागेको छ । यो हाम्रो टोलीको संयुक्त प्रयास थियो । हामीले सबै खेल जितेर यहाँ आएका छौं र बाँकी दुई खेलमा पनि यसलाई निरन्तरता दिनेछौं,’ उनले भने ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.