default_image

5 years ago

December 28, 2018

रोनाल्डोको चुनौतीलाई मेसीले जवाफ फर्काए

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि साता अघि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका थिए । उक्त चुनौतीलाई मेसीले जवाफ दिएका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा […]

25 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि साता अघि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका थिए । उक्त चुनौतीलाई मेसीले जवाफ दिएका छन् ।

इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा केहि हदसम्म मिस भएको बताएका थिए । तर उनले मेसीलाई पनि नयाँ चुनौती लिने समय भएको बताएका थिए ।

‘मैले मेसीलाई केहि मिस पक्कै गरेको छु । मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु । उनले आफ्नो पूरा करिअर स्पेनमा नै खेलेका छन् । मलाई लाग्छ उनले अब स्पेन छाडेर अन्यत्र लिगमा पनि खेल्नुपर्छ,’ रोनाल्डोले भनेका थिए ।

रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय मिलियन युरोमा इटालीको च्याम्पियन युभेन्ट्स पुगेका थिए । रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि दिलाउँदा नायक सावित भएका रोनाल्डोले रियलमा छँदा मेसीविरुद्ध थुप्रै खेल खेले । दुवै खेलाडीले यस क्रममा व्यक्तिगत र टोलीको लागि सफलता पनि हासिल गरेका थिए ।

‘मेरो लागि जिन्दगि भनेको चुनौती हो । नयाँ चुनौतीको सामना गर्न मलाई मनपर्छ र म यसमा खुसी पनि छु । म उनी इटाली आएर खेलेको हेर्न चाहन्छु । मैलेजस्तै उनले पनि नयाँ चुनौतीको सामना गर्नुपर्छ । तर उनी त्यहाँ स्पेनमा नै खुसी छन् भने म त्यसको सम्मान गर्छु,’ उनले थपे ।

‘मेसी निकै राम्रा खेलाडी हुन् र उत्तिकै सालिन व्यक्ति पनि । मैले उनलाई यहाँ खासै मिस गरेको छैन । मेरो नयाँ चुनौतीको सामना गर्नुपर्दा म खुसी छु,’ उनले टुंग्याए ।

मेसीले रोनाल्डोको यस अभिव्यक्तिप्रति आफ्नो जवाफ दिएका छन् । ‘रोनाल्डोले इटाली खेल्न दिएको चुनौती मैले स्विकार्नु जरुरि छैन । म अहिले विश्वकै उत्कृष्ट टोलीमा खेलिरहेको छु । मेरो लागि हरेक वर्ष नयाँ चुनौती आउँछन्,’ उनले भने,’ मैले टोली परिवर्तन गर्नु जरुरी छैन । म अहिले घरेलु मैदानमा खेलिरहेको छु र एकदम खुसी छु ।’

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.