default_image

5 years ago

December 30, 2018

वल्भ्ससँग टोटेनहम स्तब्ध

वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वल्भ्ससँग स्तब्ध भएको छ । टोटेनहम आफ्नै मैदानमा वल्भ्ससँग ३–१ ले स्तब्ध बनेको हो । वल्भ्ससँग स्तब्ध भएसँगै टोटेनहमको लिग जित्ने यात्रामा धक्का लागेको छ । हारपछि टोटेनहम ४५ अंकसहित दोस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको लिभरपुलसँग ९ अंकले पछि परेको छ । वल्भ्स २९ अंक जोडेर […]

42 views

0 Bookmark

वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वल्भ्ससँग स्तब्ध भएको छ । टोटेनहम आफ्नै मैदानमा वल्भ्ससँग ३–१ ले स्तब्ध बनेको हो ।


वल्भ्ससँग स्तब्ध भएसँगै टोटेनहमको लिग जित्ने यात्रामा धक्का लागेको छ । हारपछि टोटेनहम ४५ अंकसहित दोस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको लिभरपुलसँग ९ अंकले पछि परेको छ । वल्भ्स २९ अंक जोडेर लिगको सातौ स्थानमा उक्लिएको छ ।

यो सिजन जाइन्ट किलर बनेको वल्भ्सले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । लिग च्याम्पियन म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनलजस्ता बलियो टोलीलाई १–१ गोलको बराबरीमा रोकेको वल्भ्सले लिगमै चेल्सीलाई २–१ स्तब्ध बनाएको थियो । उच्च प्रदर्शन गरेको वल्भ्स २० खेलबाट ८ जित, ५ बराबरी ७ खेलमा हारको नतिजा निकालेको छ ।

वल्भ्सले यही प्रदर्शनलाई टोटेनहमविरुद्धको खेलमा निरन्तरता दियो । वेम्वली स्टेडियममा ह्यारी केनको गोल मद्दतमा घरेलु टोलीले खेलको २२औं मिनेटमा अग्रता बनाएको थियो । उनले ह्युङ मिन सनको सहायतामा गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको घरेलु टोली दोस्रो हाफमा वल्भ्ससामु निरिह देखिदा वल्भ्सले उत्कृष्ट प्रर्दशन गर्दै ३ गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा विली वोलीले जोओ मौटिन्होको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८३औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए ।

उनले इभान काभालेरोको पासलाई सदुपयोग गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा हेल्डर कोस्टाले गोल गर्दै घरेलु टोलीलाई ३–१ ले स्तब्ध बनायो । डोट्रीले दिएको पासलाई हेल्डरले अफसाइड ट्रयाप विट गर्दै वान भर्सेस वानमा गोल गरेका थिए ।

प्रिमियर लिगका अन्य खेलका नतिजा
ब्राइटन विरुद्ध एभर्टन (०–)
फुलहम विरुद्ध हडर्सफिल्ड (–०)
लेस्टर सिटी विरुद्ध कार्डिफ सिटी (०–)
वाटफोर्ड विरुद्ध न्यु क्यास्टल (१–१)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.