default_image

6 years ago

January 2, 2019

दोस्रो स्थानको भिडन्तमा संकटा र रुस्लान थ्री स्टार भिड्दै

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि अपराजित रहेको मनाङ मर्स्याङदीले पक्का गरिसकेको छ । अब दोस्रो स्थानका लागि भने प्रतिस्पर्धा निकै बढेको छ ।

रुस्लान थ्री स्टार र सीएमजी क्लब संकटाले अंक तालिकामा दोस्रो स्थान पक्का गर्ने लक्ष्य लिएर बुधबार मैदान उत्रने छन् । एन्फा कम्प्लेक्समा दिउँसो २:३० बजे हुने खेलमा संकटाले थ्री स्टारलाई पराजित गरे दोस्रो स्थान पक्का गर्नेछ । थ्री स्टारले संकटालाई पराजित गरेमा दोस्रो स्थानमा रहेर त्यहीं रहने सम्भावना बलियो बनाउने छ ।

अंक तालिकामा संकटाले ११ खेलमा २५ अंक जोडेको छ । यता थ्री स्टारले भने ११ खेलमा २३ अंक जोडेको छ । थ्री स्टारलाई १२ खेलमा २२ अंक जोडेको आर्मीले पनि पछ्याएको छ । पछिल्लो चरणमा दुवै टोलीले अंक गुमाएपछि लिगको प्रतिस्पर्धा थप रोमांचक मोडमा पुगेको हो ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.