default_image

5 years ago

January 3, 2019

बाग्लुङमा ५ सय दर्शक क्षमताको प्याराफिट निर्माण सुरु

अर्जुन कार्की, बागलुङ बागलुङको बाङ्गेचौर खेलमैदानमा ५ सय ४० जना दर्शक क्षमताको फलामको प्याराफिट निर्माणकार्य सुरु गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा हुने फुटबल प्रतियोगितामा दर्शकहरुलाई सजिलोसँग हेर्नको लागि १६ लाखको लागतमा प्याराफिट निर्माण सुरु गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्लाको फुटबल मैदानहरुको पूर्वाधार निर्माणको लागि १० लाख रुपैयाँ […]

24 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङको बाङ्गेचौर खेलमैदानमा ५ सय ४० जना दर्शक क्षमताको फलामको प्याराफिट निर्माणकार्य सुरु गरिएको छ । जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा हुने फुटबल प्रतियोगितामा दर्शकहरुलाई सजिलोसँग हेर्नको लागि १६ लाखको लागतमा प्याराफिट निर्माण सुरु गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्लाको फुटबल मैदानहरुको पूर्वाधार निर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको र ६ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्यका साथ मैदानमा प्याराफिट निर्माण गर्न लागिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । ३० मिटर लम्बाई, ६ मिटर चौडाई र ६ फिट उचाईको प्याराफिट ३ स्टेपको गराईएको छ ।

प्याराफिट ५ सय ४० जना दर्शक क्षमताको रहेको अनुमान गरिएको संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताए । यस्तै मैदानमा ३० जना बस्न मिल्ने एउटा मञ्च तयार गरिने संघका कोषाध्यक्ष लामिछानेले जानकारी दिए । बागलुङमा फुटबलको राम्रो क्रेज भएपनि बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताहरुमा दर्शकहरुले बस्ने सुविधा नहुँदा खल्लो हुने गरेको गुनासो रहेको थियो । मैदानमा प्याराफिटको निर्माण सुरुवात पछि प्रतियोगिताहरु व्यवसायिक हुने आशा गरिएको छ ।

संघका उपाध्यक्ष विकास थापाका अनुसार मैदानमा प्याराफिट निर्माण पछि जिल्लामा हुने प्रतियोगितामा टिकट सिस्टमको व्यवस्था गर्न सकिने बताए । उपाध्यक्ष थापाले बागलुङमा हुने साना तथा ठूला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उल्लेखनीय सहभागिता हुने गरेता पनि बस्ने स्थानको अभावले दर्शकहरुलाई असहज हुने गरेको बताए । मैदानमा प्याराफिट निर्माणको लागि जिल्ला फुटबल संघका पदाधिकारीहरु नै खटिएका छन् ।

आफैं काम गर्दा लागतमा केही कमि आउने आशा र छिटो काम सम्पन्न हुने भएकाले कामदारहरुलाई सहयोग गरिरहेको संघका सहसचिव जय राजभण्डारीले जानकारी दिए । जिल्लामा मापदण्ड अनुसारको एक मात्र बाङ्गेचौर खेलमैदानलाई रंगशालाको रुपमा विकास गर्ने योजना बनाइए पनि त्यसको काम अझै अगाडी नबढेको अवस्थामा एन्फा बागलुङले दर्शकको लागि खेलहेर्न सक्ने सुविधासम्पन्न प्याराफिट निर्माण अगाडी बढाउँदा फुटबलप्रेमीहरुमा खुसी छाएको छ ।

बाङ्गेचौर खेलमैदानलाई रंगाशालाको रुपमा विकास गर्नको लागि जिल्ला खेलकुद विकास समिति र बागलुङ नगरपालिकाले डिपिआरको प्रक्रिया अगाडी बढाएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.