दिपक बोहोरा,पाँचथर
फाल्गुनन्द गोल्डकपको आयोजक फिदिम स्पोर्टिङ क्लबलाइ एनएमबि बैंक फिदिम शाखाले एक वर्षको लागी प्रायोजन गर्ने भएको छ ।
दशौं फाल्गुनन्द गोल्डकप सुरु हुने अघिल्लो दिन शुक्रबार फिदिम स्पोर्टिङ क्लब र एनएमबि बैंक शाखा फिदिम बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । खेलकुदको माध्यमबाट युवा सशक्तिकरण गर्ने कार्यमा फिदिम स्पोर्टिङ क्लब लागिरहेकाले क्लबसँग बैंकले सहकार्य गर्न इच्छुक रहेको एनएमबि बैंक लिमिटेड फिदिम शाखाको प्रबन्धक रचना पराजुले बताइन् ।
मोफसलको क्लबलाइ प्रयोजन गरी क्लबको अभियानमा साथ दिएकोमा प्रायोजकप्रति क्लब आभारी रहेको क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले बताए । सम्झौताअनुसार क्लबले एक वर्षसम्म एनएमबि फिदिम स्पोर्टिङ क्लबका नामले प्रतियोगिताहरुमा सहभागी हुनेछ ।
अहिले पहिलो चरणमा फिदिम स्पोर्टिङ क्लबलाई ४२ थान जर्सि प्रदान गरीएको र आगामी दिनहरुमा सहयोग बढाउदै लगीने शाखा प्रमुख पराजुलीले बताइन् ।