दिपक बोहोरा, पाँचथर
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करण आजबाट फिदिममा सुरु हुदैछ ।
दिउसो ११ बजे फिदिम माविको खेलमैदानमा प्रदेश नम्बर १ का आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले प्रतियोगिताको उद्घाटन् गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिताको पहिलो खेलमा आज कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र झापा ११ ले प्रतिस्पर्धा गर्ने छन् ।
पुस २१ गते देखि ३० गते सम्म फिदिममा आयोजना हुने गोल्डकपको खेलतालीका आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सार्वजनीक गरेका हुन् । यस पल्टको संस्करण भने जिल्ला फुटबल संघ पाँचथर र फिदिम स्र्पोटिङ क्लबले संयुक्तरुपमा आयोजना गर्ने आयोजकले बताएका छन् ।
फाल्गुन्नद गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११,झापा ११, मोरङ ११,कर्ण्सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले बताएका छन् । यसअघिको संस्करण सुनसरी ११ले जितेको थियो ।