10 years ago
April 13, 2016
कृस्टिएनो रोनाल्डोको उत्कृस्ट ह्याट्रीकले पहिलो लेगमा २-० ले पछी परेको रियाल मेड्रीड घरेलु मैदानमा वोल्स्बर्गलाई ३-० ले हराउदै समग्रमा ३-२ को नतिजा निकालेर रियल मड्रीड च्याम्पियन्स लिगको अन्तिम ४ मा पुगेको छ ।
सेन्टिएगो बेर्नेबाउमा भएको खेलमा १६ र १७ औ मिनेटमा दुइ गोल गर्दै जिदानको टोलीलाई खेलमा फर्काएका थिए । त्यस्तै दोसो हाल्फमा ७७ औ मिनेटमा गोल गर्दै रियलको अन्तिम ४ स्थान सुनिस्चित गरे ।
पिएसजि बिरुद्ध घरेलु मैदान इथिहाडमा १-० को नतिका निकाल्दै म्यान्चेस्टर सिटी पनि प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ ।
पहिलो लेगमा अवे गोलको फाइदा पाएको सिटीले समग्रमा ३-२ को नतिजा निकाल्दै अन्तिम ४ मा आफ्नो स्थान पक्का गर्न सफल भएको हो ।
खेल को ३० औ मिनेटमा पेनाल्टी मिस गर्दै अगेरोले चुकाएको मौकालाई ७० औ मिनेटमा केविन डि ब्रुइनेले सुधारदै सिटीलाई खेल को १ मात्र गोल दिलाएका थिए ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]