default_image

10 years ago

April 13, 2016

झापा मनकामना केवुलकार पोखरा कपको क्वाटरफाईनलमा

175 views

0 Bookmark

पोखरा ०१ बैशाख

झापा पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता २०७२ को क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा सम्पन्न खेलमा रुपन्देही११ लाई ३–१ को अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो

Jhapa qualifies for quarterfinal

झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तानले एक–एक गोल गरेका थिए । खेलमा झापाका कर्ण लिम्बुले खेलको ३२ औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ र दोश्रो हाफको अन्तिम ५ मिनेटसम्म १/१ को बराबरीमा रोक्न सफल रुपन्देही खेलको अन्त्य तिर धर्मराउदा झापाले बाजी मार्न सफल भएको हो । झापाका देवेन्द्र तामाङले खेलको ८५ औं र ईन्जुरी समयमा दिलेन लोक्तानले हेडर गोल गर्दै जित दिलाएका थिए । खेलमा रुपन्देहीको दोन थापाले सान्तवना गोल गरेका थिए ।

बुधबारको खेलमा देवेन्द्र तामाङ म्यान अफ दी म्याच भए । प्रतियोगिता अन्तर्गत विहीबार आयोजक पोखरा ११ र धरान फुटवल क्लव बिच खेल हुनेछ । प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाा र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाा प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरीने छ । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५/१५ हजारका दरले नगद सहित ट्रफी प्रदान गरिनेछ ।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.