युरोपमा लिगमा बोरुशिया डोर्ट्मण्डलाइ समग्रमा ५-४ले हराउदै लिभरपुल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो लेगमा १-१ को बराबरी नतिजा निकालेको लिभरपुल पछिल्लो लेगमा एन्फिल्डमा ५-३ ले बिजयी हुँदै सेमि फाइनल प्रवेश गरेको हो ।
पाहुना टोलि डोर्ट्मण्डबाट लगातार दुई गोल खाएपछि लिभरपुलको जित कस्टकर बनेको थियो । तर डिभोक ओरिगिको गोलले लिभरपुल लाई आशा जगायो ।। तर डोर्ट्मण्डको लागी रिउसले गरेको अर्को गोल सङै लिभरपुललाई सेमि प्रवेश गर्न ३ गोलको आवश्यकता थियो ।
उक्त आवश्यकतालाई पुर्ती गर्दै कोउटिनले १ गोल , साखोले १ र लोभेर्नले १ गोल गर्दै एन्फिल्डलाई सम्झनलायक खेल देखाउदै सेमि फाइनल प्रवेश गराए ।
त्यसै गरि सेभिला , शाक्तार दोनेस्क्त र भिल्लरियल पनि प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरे ।