default_image

7 years ago

January 18, 2019

‘४० लाख बराबरको सामान दाखिला छैन’– एन्फा

178 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहतका ४ जिल्ला संघका अध्यक्षले निर्वाचनमा आर्थिक अनियमितता भएको भन्ने लगाएको आरोप आधारहिन भएको बताएको छ । केन्द्रिय कार्यसमितिको बैठक बसको भोली पल्ट शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले काठमाडौं, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले लगाएको सबै आरोप आधारहिन भएको जनाएको छ ।

‘जथाभावी भत्ता बाढेको भन्ने आरोप छ । त्यसरी कसलाई भत्ता बाढिएको छ कम्तीमा २/४ जनाको नाम त उल्लेख गुर्नहोस् । त्यस्तै विश्व कपमा टिकट विक्रीमा अनियमितता भनिएको छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने,‘ विश्व कप जाने सबैको नामावली हामीले राखेका छौं । यो जसले पनि हेर्न सक्नुहुन्छ । ती सबै आरोपमा कुनै दम छैन ।’

होटल भिउ भृकुटीबाट एन्फालाई प्राप्त रकमको दाखिल नभएको भन्ने आरोप पनि झुटा भएको शेर्पाले बताएका छन् । ‘हामीसँग सबै कारोबारको प्रमाण छ । जो कोहिले पनि हेर्न सक्नुहुन्छ । आर्थिक कारोबारका सबै प्रमाण हामीसँग छ । यद्दपी छानबिनका लागि सहयोग गर्न हामी तयार छौं ।’

एन्फामा विगतमा भ्रष्टाचार भएको सबै सामू छर्लङ रहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अहिले पनि भ्रष्टाचारको भएको लागेमा जुन सुकै समितिमा जान आफु तयार रहेको बताएका छन् । वैशाख २२ गते भएको निर्वाचनमा पैसामा भोट किनेको भन्ने आरोपमा पनि कुनै दम नभएको शेर्पाले बताएका छन् ।

४ अध्यक्षले गत महिना निर्वाचनका दौरान आर्थिक अनियमितताको प्रमाणका रुपमा भन्दै अडियो टेप सार्वजनिक गरेका थिए । ‘त्यो अडियो टेप र नोटरीमा फरक छ । अडियोमा नभएको कुरा नोटरीमा लेखिएको छ ,’ शेर्पाले भने,‘ भोट किनेको आरोप टेपमा कहि उल्लेख छैन । हामी चाहन्छौं यसको पनि छानबिन होस् ।’

पूर्व मानार्थ अध्यक्ष टासी घलेले अरुको काँधमा बन्दुर राखेर पड्काउन खोजेको आरोप लगाउँदै शेर्पाले भने,‘ निर्वाचनमा के के अनियमितता भएको थियो । उहाँ आफैले पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्नुभएको भए अझै राम्रो हुने थियो ।’

आफ्नो निर्वाचन क्याम्पेनिङकोको जिम्मा सबै घलेले लिएको उल्लेख गर्दै शेर्पाले भने,‘ विगतमा अर्को समूहको मुख्य जिम्मेवारीमा पनि उहाँ हुनुहुन्थ्यो । हाम्रो पालामा पनि उहाँ नै हुनुहुन्थ्यो । टेपमा आफ्नो पाटो हटाएर अन्य ५ जना साथीको आवाज मात्र छ । उहाँले बोलेको प्रसंग पनि सार्वजनिक गर्दा अझै प्रष्ट हुने थियो ।’

निर्वाचनका विषयमा अनियमितता भएको भन्ने विषयमा एसियाली फुटबल महासंघ (एएफसी) बाट पत्र प्राप्त भएको र त्यसको जवाफ एन्फाले दिने अध्यक्ष शेर्पाले बताए । ‘फेब्रुअरी १८ सम्मको जवाफ दिने म्याद छ । हामी त्यसमा जवाफ दिन्छौं,’ उनले थपे,‘ त्यो टेपको पनि हामीले छानबिन गर्नुपर्नेछ ।’

अर्को एक प्रसंगमा शेर्पाले केल्मेसँगको पहिलो सम्झौता अनुसार खरिद गरेको ५५ लाखको सामान मध्ये १५ लाख रुपैयाँ बराबरको सामान मात्र स्टोरमा इन्ट्री भएको देखिएको बताएका छन् । ‘५५ लाखको सामान किनेको विवरण छ । तर, सामान १५ लाख रुपैयाँ बराबरको स्टोरमा छ,’ उनले भने,‘ अघिल्लो कार्यकालमा भएको त्यो कारोबारको ४० लाख रुपैयाँ बराबरको सामान कहाँ छ हामी त्यसको छानबिन गरिरहेका छौं ।’

त्यस्तै अघिल्लो कार्यकालमा बंगलादेश फुटबल संघका अध्यक्ष काजी सलाउद्दिनको नाममा १५ लाख रुपैयाँ र मंगोलिया फुटबल संघका पूर्व अध्यक्षको नाममा लिएको १ लाख २३ हजार रुपैयाँ पेश्कीका बारेमा पनि छानबिन भइरहेको एन्फा अध्यक्ष शेर्पाले बताए । ‘सलाउद्दिनको नाममा लिएको पेश्कीमा उनको दस्तखत मिलेको छैन,’ उनले थपे,‘ उनीसँग सरोकार नभएका राजेश श्रेष्ठले पेश्की फस्यौट गरेका छन् । यो सबै विषयमा पनि हामीले छानबिन गरिरहेका छौं । ’

अघिल्लो कार्यकालको ३ करोड रुपैयाँ भन्दा बढीको पेश्की बाँकी रहेकाले त्यसलाई कम गराउनका लागि पनि पहल भइरहेको शेर्पाले बताए ।

पूर्व अध्यक्ष गणेश थापाले आफुले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न एन्फालाई दिएको चुनौतिका विषयमा अध्यक्ष शेर्पाको जवाफ थियो,‘ एन्फा भ्रष्टाचार छानबिन गर्न बनेको निकाय होइन । संसदीय समिति लेखा समितिले भ्रष्टाचारको ठहर गरेको हो । अख्तियारले त्यो मुद्दा तामेलीमा राखेको छ । त्यसको मतबल जुनसुकै बेला पनि त्यो पुनः छानबिन हुन सक्छ भन्ने हाम्रो बुझाई हो । ‘

९ महिने कार्यकालमा आफुहरुले एतिहासिक सफलता प्राप्त गरेको भन्दै एन्फाले लामो सुचि पत्रकार सम्मेलनमा वितरण गरेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.