default_image

7 years ago

January 19, 2019

संकटा रुस्लान सिमरा गोल्डकपको क्वार्टरफाइनलमा

114 views

0 Bookmark


सुनिल गाउँले

सिमरा – सिएमजी क्लब संकटा क्लब रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । अब संकटाले माघ ८ गते रुस्लान थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा संकटा विजयी भएको थियो । ३८ औं मिनेटमा मोहन गुरुङको गोलबाट सरस्वतीले अग्रता लिएको थियो । तर, त्यसलाई सरस्वतीले जोगाउन सकेन । ५८ औं मिनेटमा जय गुरुङले गोल फर्काउँदै संकटालाई खेलमा फर्काएका थिए ।

९० मिनेटपछि सोझै पेनाल्टीमा गएको खेलको नायक रहे संकटाका गोलकिपर राजबाबु थापा । उनले सरस्वतीका ३ खेलाडी भिक्टोर, रमेश घिसिङ र दीपक गुप्ताको पेनाल्टी रोकेका थिए । सरस्वतीका मोहन गुरुङले मात्र पेनाल्टीमा गोल गरे ।

संकटाका लागि सुरज गुरुङ, लक्ष्मण रुचाल, रोमन लिम्बुले गोल गरे । दीपेश आलेमगरको प्रहार बारमा लागेर फर्कियो भने अमित तामाङको प्रहार बाहिरियो । संकटाका गोलकिपर राजबाबु खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

नवजनजागृति युवा क्लबको आयोजनामा जारी सिमरा गोल्डकपको दसौं संस्करणमा आइतबार दुई विभागिय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.