7 years ago
January 19, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मिडफिल्डर रवी पासवान तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुलिसलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले १ सय ५० सिसिको मोटरसाइकल प्राप्त गरे ।

यसअघि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पटक पटक परेका रवीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेपछि हाम्रो खेलकुदसँग बोल्दै राष्ट्रिय टोलीमा पर्न मिहिनेत गर्ने बताए । ‘मैले यसअघि पटक पटक राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परें । अहिले थप मिहिनेत गरेर राष्ट्रिय टोलीमा नै स्थान बनाउने प्रयासमा छु । त्यसको लागि क्लबमा आफ्नो प्रदर्शन सुधार्ने र क्लबलाई सफलता दिलाउन प्रयास गर्नेछु,’ उनले भने ।
मोफसलकै सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधि दिलाउन सक्दा मनोबल बढेको उनले बताए । ‘ लिगमा हाम्रो प्रदर्शन राम्रो भएको थिएन । आफ्नो गल्तीले नै लिगमा केहि खेलहरु गुमायौं । मोफसलमा ती गल्तिहरु सुधार्ने लक्ष्य थियो र त्यसको नतिजा नै यस उपाधि जित्न सफल भयौं,’ पासवानले भने ।
पुलिस आउनुअघि मनाङ मर्स्याङदी क्लबमा खेलेका पासवानले पुलिसमा आफ्नो प्रदर्शन सुध्रिएको बताए । ‘ मनाङमा हुँदा एकदम कम अवसर पाउने गर्थे । खेल्ने निकै कम समयमा आफ्नो प्रतिभा देखाएपनि नियमित खेल्न पाइएन । अहिले पुलिसम राम्रो प्रदर्शन गरिरहेको छु । प्रशिक्षकको योजना अनुसार खेलेका छौं । सिनियर र जुनियरको राम्रो तालेमलले नतिजा पनि हासिल गरेका छौं,’ उनले टुंग्याए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]