7 years ago
January 20, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियललाई जिताउन क्यासमिरो र लुका मोड्रिचले गोल गरे ।
सेभियालाई दवावमा राखेपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । यता, सेभियाले रियललाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रियललाई रोक्न सकेन ।
७८औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । सेभियाको डिफेन्डरको गल्तीमा सर्जियो रिगुइलनले दिएको पासलाई गोलमा परिणत गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई २–० को जित दिलाए ।
जितपछि रियल तेस्रो स्थानमा उक्लन सफल भएको छ । रियलले सेभियालाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । रियलको २० खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट सेभियाको ३३ अंक छ । ४३ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा रहँदा एट्लेटिको मड्रिडले ४१ अंक जोडेर बार्सिलोनालाई पछ्याइरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]