7 years ago
January 20, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्डले आफ्नो शीर्षता फराकिलो बनाएको छ ।

बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा डर्टमन्डल आरबी लेपिजिनलाई १–० ले पराजित गर्दै ६ अंकको फराकिलो अग्रता बनाएको हो ।
आरबी लेपिजिजको मैदानमा शनिबार राति भएको खेलमा डर्टमन्डलाई जिताउन एक्सेल विस्टेलले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हापको १९औं मिनेटमा गोल गरेको थियो ।
जितपछि डर्टमन्डको १८ खेलबाट ४५ अंक पुगेको छ । दोस्रो स्थानको बायर्नको समान खेलबाटै ३९ अंक रहेको छ । डर्टमन्डसँग पराजित आरबी लेपिजिज ३१ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्चेग्वाचले बायर लिभरकुसेनलाई १–० ले पराजित गरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]