7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको पुरानो क्लब युथ स्पोर्टस क्लबको आयोजनामा अर्को साताबाट प्रथम सेती देवी अशोक शंकर स्मृति विद्यालयस्तरी फुटबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोकका १०, दोलखा, भक्तपुर र काभ्रेका एक एक गरि १४ विद्यालय प्रतियोगितामा भाग लिने क्लबका अध्यक्ष वीरबहादुर खड्काले आइतबार राजाधनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा माघ १५ गतेदेखि प्रतियोगिता नकआउटका आधारमा सुरु हुनेछ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिने बताइएको छ । माघ २२ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार, दोस्रो हुनेट टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका लागि सेतीदेवी मावि, कंगागु एजुकेशन, सुनकोशी गाँउपालिका, बलेफी गाँउपालिका वडा नं ७ र ८, लामोसाँघु बचत तथा ऋण सहकारी, किरण इन्टरप्राइजेजको सहयोग रहेको बताइएको छ ।
क्लबका पूर्व सचिव अशोक महर्जन र सदस्य शंकर श्रेष्ठको क्लबका गतिविधिमा महत्वपूर्ण योगदन रहेहको स्मरण गर्दै क्लबका संस्थापक एवंम् मानर्थ अध्यक्ष इश्वर कार्कीले उहाँहरुको सम्झनामा प्रतियोगिता गर्न लागेको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष समेत रहेका क्लबका अध्यक्ष खड्काले अर्को वर्षदेखि प्रतियोगितालाई प्रदेश ३ स्तरीय बनाउने र पुरस्कार राशीमा पनि बृद्धि गर्ने जानकारी दिए । क्लबले अर्को वर्षको सुरुवातमा जिल्लाकै पुरानो प्रतियोगिता सिन्धु कप आयोजना गर्ने पनि घोषणा गरे ।
खेलाडी उत्पादनका लागि एन्फाले पनि ग्रासरुट र युवा फुटबललाई प्राथमिकतामा राखेकोले विद्यालय फुटबल गराउन लागेको अध्यक्ष खड्काले बताए । प्रतियोगितामा एन्फाले खेल सामाग्री उपलब्ध गराउने बताइएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]