7 years ago
January 29, 2019
म्युनिख (एजेन्सी)– बोरुसिया डर्टमन्ड अपराजित टोली नभएको उल्लेख गर्दै बार्यन म्युनिखका कप्तान एवं गोलकिपर म्यानुलय नुयोरले आफ्नो टोली अझै पनि बुन्डेस लिगा उपाधि रक्षा गर्न सक्षम रहेको बताएका छन् ।

साविक विजेता बायर्न भन्दा शीर्षस्थानमा रहेको डर्टमन्डको ६ अंक बढी छ । यो सिजन १८ खेलमा १५ खेल जितेको डर्टमन्डले एउटा मात्र खेल गुमाएको छ । अर्कोतर्फ बायर्नको सुरुवात भने अपेक्षा विपरित रहेको थियो ।
सुरुवातमा डगमगाएको बायर्नले पछिल्लो समय भने स्थिर प्रदर्शन गर्दै आएको छ । जसका कारण पनि नुयोरले उपाधि जित्ने सम्भावना अझै रहेको बताएका छन् ।
‘ सिजनको पहिलो हाफमा हामीले कमजोर प्रदर्शन गर्यौं । त्यसका वावजुद हामी धेरै अंकले पछि छैनौं,’ उनले भने, ‘मलाई लाग्छ हामी अंकमा नजिक छौं । ‘
बायर्नले उपाधि रक्षाको सम्भावनालाई कायम राख्न बाँकी खेलमा सफल नतिजा हासिल गर्नुपर्ने हुन्छ । त्यतिले मात्र पुग्दैन डर्टमन्टले अंक गुमाएको खण्डमा मात्र बायर्नको सम्भावना बलियो हुनेछ ।
बार्यनका प्रमुख कार्यकारी कार्ल हइज रुमेनेगीले पनि लिग च्याम्पियन बन्ने सम्भावना रहेको बताएका छन् । उनले डर्टमन्ड भन्दा आफ्नो टोली राम्रो भएको बताएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]