7 years ago
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कोरियाली फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई खेल समाग्री सहयोग गरेको छ । अर्को महिना साफ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली महिला टोलीलाई लक्षित गर्दै कोरियाली फुटबल संघले सहयोग गरेको हो ।

साफ च्यापियनसिप अघि नेपाली टोली एउटा प्रतियोगितामा भाग लिन भारत जाने तयारीमा छ । भारतको भुवनेश्वरमा आयोजना हुन लागेको चार देशबीचको मैत्रीपुर्ण सिरिज खेल्न जाने नेपाली महिला फुटबल टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यम दौरान नै एन्फालाई ८ सय ९७ थान फुटबल किट हस्तान्तरण गरिएको हो ।

कोरियन फुटबल संघका अध्यक्ष चुङ मोङ ज्युले नेपाली टोलीलाई बधाईको शुभकामना दिदै ओलम्पिक छनोटमा राम्रो प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । उनले नेपाली टोली ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको र फाइनलमा कोरियासँग खेल्ने आशा रहेको बताए । एन्फा अध्यक्ष शेर्पाले कोरियन फुटबल संघका अध्यक्ष चुङ मोङ ज्युलाई उपहारको लागि धन्यवाद व्यक्त गरे ।

खेलाडीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरियन फुटबल फेडेरेसनका अध्यक्ष चुङ मोन ज्यु लगायत एन्फाका पदाधिकारी बिदाई गरे । प्रतियोगिताकै तयारीका लागि घासे मैदानमा अभ्यास गर्न नेपाली टोली बुधबार झापा जानेछ । त्यहाँको केही दिनको प्रशिक्षण पछि नेपाली टोली भुवनेश्वर प्रस्थान गर्नेछ ।
चार देशबीचको सिरिज भारतको भुवनेश्वरमा फेब्रुअरी ७ बाट १७ फेब्रुअरीसम्म चल्नेछ । सिरिजमा आयोजक भारत, नेपाल, म्यानमार र श्रीलंकाको सहभागिता रहेको छ ।
यसै प्रतियोगिताका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार निरु थापाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । यही २३ सदस्यीय टोलीबाट साफका लागि २० खेलाडी छनोट गरिने प्रशिक्षक हरि खड्काले बताएका छन् ।
यो प्रतियोगितालाई आसन्न नेपालमै हुने पाँचौ महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ । महिला साफ च्याम्पियनसिप विराटनगरमा १२ देखि २२ मार्चसम्म चल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् ।
नेपाली टोली
गोलरक्षकः अन्जना रानामगर, उषानाथ र एन्जिला तुम्वाप्पो सुब्बा ।
डिफेन्डरः हीरा कुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मनमाया लिम्बु ।
मिडफिल्डरः बिमला चौधरी, अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र अनिता केसी ।
फरवार्डः अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]