default_image

7 years ago

January 27, 2019

लिग विजेता मनाङ इटहरी गोल्ड कपको सेमिफाइनलमा

126 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र भुटान सिएफसीमध्ये एकसँग माघ १७ गते सेमिफाइनल खेल्नेछ ।

७५ औं मिनेटमा कमल श्रेष्ठलवे गरेको गोल निर्णायक बनेपछि मनाङ अघिल्लो चरण पुग्न सफल भएको हो । गत महिना लिग च्याम्पियन बनेपछि मनाङको यो दोस्रो प्रतियोगिता हो । टोलीले यसअघि सुदूरपश्चिम खप्तड गोल्डकपमा पहिलो चरण मै पराजित भएको थियो ।

३४ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट मनाङले पहिलो हाफमा अग्रता लिएको थियो । तर ६३ औं मिनेटमा आयोजक टोलीका उमेश राईले गोल फर्काउदै खेललाइ बराबरीमा पु¥याएका थिए । खेल सकिन १५ मिनेट बाँकी रहँदा कमलको गोलले मनाङ अघिल्लो चरण पुग्न सफल भयो । मनाङका कमल म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो दिन शनिबार क्यामरुनको दाफिन्स फुटबल टिमलाई टाइब्रेकरमा हराउँदै मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अन्तिम चारमा पुगेको थियो । प्रतियोगितामा सोमबार रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोली शनिबार रुस्लान सिमरा गोल्डकपको फाइनलमा भिड्दा सडन डेथमा थ्री स्टार भाग्यशाली रहेको थियो । मदर भण्डारी स्मृति इटहरी गोल्डकपको विजेताले १६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.