default_image

7 years ago

January 28, 2019

बेन्जेमा र बेलको गोलमा रियल विजयी

135 views

0 Bookmark

एजेन्सी – फरवार्डद्धय करिम बेन्जेमा र ग्यारेथ बेलले गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इस्पान्योललाई ४–२ ले पराजित गरेको छ ।

इस्पान्योलको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले समान एक गोल गरे । इस्पान्योलका लियो बापपटस्टाओ र रोबर्टाे रोसेल्सले गोल गरे ।

खेलको चौथो मिनेटमा नै करिम बेन्जेमाको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । १५औं मिनेटमा कप्तान रामोसले लुका मोड्रिचको क्रस पासमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनायो । २५औं मिनेटमा घरेलु टोलीका लियो बापटिसटाओले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६७औं मिनेटमा गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए । बेल ६४औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए । बेलले मैदान प्रवेश गरेको तेस्रो मिनेटमै गोल गर्न सफल भएका हुन्  । बेलले चोटबाट पूनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भएका हुन् । उनले चोटका कारण यसअघिका ६ खेल गुमाएका थिए ।

७२औं मिनेटमा रियल १० खेलाडीमा समेटियो । रियलका राफयल भरान रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसको फाइदा उठाउदै इस्पान्योलका रोबर्टाे रोसेल्सले ८१औं मिनेटमा गोल गरेपनि टिमको हार टार्न सकेनन् ।

इस्पान्योलमाथिको जितसँगै रियल २१ खेलबाट ३९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १० तथा एट्लेटिको मड्रिडभन्दा ५ अंकले पछि छ । इस्पान्योल २४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.