default_image

7 years ago

January 28, 2019

नेयमार नहुँदा पनि पीएसजीको फराकिलो जित

186 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमार विनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

पीएसजीको फरासकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे । रेनिसका एमबाय नियाङले एक गोल फर्काए । नेयमार चोटका कारण मैदान बाहिर छन् । तर, खेलमा नेयमारको अभाव खड्किएन ।

घरेलु मैदानमा पीएसजीले खेलको सातौ मिनेटमा एडिन्सन काभनीको गोलबाट अग्रता बनाएको थियो । २८औं मिनेटमा एमबायले बराबरी गोल फर्काए ।

६०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा केलियन एमबाप्पेल गोल गर्दै पीएसजीलाई ३–१ को स्थितिमा ल्याए । ७१औं मिनेटमा मिनेटमा काभाीले टिमको लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

फराकिलो जितसँगै पीएसजीले लिग वानमा १३ अंकको अग्रता लिन सफल भएको छ । पीएसजीको २० खेलबाट ५३ अंक पुगेको छ । २२ खेलबाट ४३ अंक जोडेको लिले दोस्रो स्थानमा छ । रेनिस ३० अंक जोडेर १०औं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.