default_image

7 years ago

January 28, 2019

दुई दिनमा थ्री स्टार आर्मी फेरि भिड्दै

117 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– चर्चित दुई ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबल र त्रिभुवन आर्मी क्लब फेरि एक पटक अर्कोविरुद्ध उत्रदैछन् । रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको दुई दिनपछि सोमबार यी दुई टोली मदन भण्डारी स्मृति इटहरी गोल्डकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीले पछिल्लो दुई सातामा एक एक उपाधि जितेर इटहरी पुगेका छन् । रुस्लानले शनिबार आर्मीलाई सडन डेथमा हराएर पहिलो पटक सिमरा गोल्डकप जितेको थियो । आर्मीले सिमरा पुग्नुअघि वीरगन्जको विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको थियो ।

थ्री स्टारले भने वर्षको सुरुवातमा माइभ्याली गोल्डकप र उदयपुर गोल्ड कप जितेको थियो । सिमरा पुग्नुअघि भने थ्री स्टार सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

शनिबार भएको सिमरा गोल्डकपको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरको ५/५ पेनाल्टीमा ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जसमा थप ४/४ पेनाल्टी हन्दा अन्तमा थ्री स्टार ७–६ ले विजयी भएको थियो । थ्री स्टारका गोलकिपर एलन न्यौपानेले ३ पेनाल्टी रोकेका थिए । अन्त्यमा आर्मीका सुमन अर्यालको प्रहारलाई एलनले रोके भने थ्री स्टार रञ्जन विष्ट गोल गर्न सफल भए ।

इटहरी गोल्डकपमा आजको खेल जित्ने टोलीले सेमिफाइनलमा मेत्री नेत्रालय काकरभिट्ट ट्रेनिङको सामना गर्नेछ । पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पनि इटहरी गोल्डकपको सेमिफाइनलमा पुगिसकेको छ । इटहरी गोल्डकपको विजेताले उपाधिसहित १६ लाख रुपैयाँ प्राप्त गर्नैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.