7 years ago
January 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको रिस्सो विश्वविधालय मनकामना केबुलकार पोखरा कप खेल्न नेपाल आउने भएको छ । पोखरा कप मंगलबार पोखरामा सुरु हुँदैंछ ।

झन्डै चार दशक पुरानो रिस्सो विश्वविधालय जापानको इस्ट युनिभर्सिटी लिगमा खेलिरहेको छ । गत वर्षमात्र टोलीले जे लिगमा खेल्ने खेलाडी उत्पादन गरेको थियो । टोली माघ २० गते काठमाडौं आइपुग्ने छ र त्यही दिन पोखरा जाने कार्यक्रम रहेको बताइएको छ ।
रिस्सो विश्वविधालय पहिलो पटक नेपाल आएर खेल्न लागेको हो । नेपाली पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र फन रुट्स एकेडेमीको पहलमा रिस्सो विश्वविधालय नेपाल आउन लागेको हो । गौचन जापानको टोक्योमा अवस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक हुन ।
उनका अनुसार फन रुट्सका मालिक जुन हिरानोले रिस्सोलाई नेपाललाई सहयोग गरेको छ । हिरानो पनि प्रतियोगिताका क्रममा २ दिनका लागि नेपाल आउने छन् ।
फनरुट्सले रिस्सो आउने सबै व्यवस्थापन गरेको गौचनले जनाए । । गौचनका अनुसार प्रतियोगिता जितेको खण्डमा प्राप्त हुने नगद मध्येको केही रकम रिस्सोले नेपालमा च्यारिटीका लागि प्रदान गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]