7 years ago
January 29, 2019
एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) महँगा स्टार फरवार्ड नेयमार जुनियरले म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तरगतको दुवै लेग गुमाउने भएको छ ।

नेयमारले प्रिक्वार्टरफाइनल अन्तरगतको दुवै लेग गुमााउने क्लबले जनाएको छ । फ्रेन्च कप अन्तरगतको स्टार्सवर्गसँग गत मंगलबार भएको खेल दौरान २६ वर्षीय नेयमारले दायाँ खुट्टामा चोट बोकेका थिए । उनको गतवर्षकै चोट बल्झिएको हो । गतवर्ष पनि यही चोटका कारण नेयमार तीन महिना मैदान बाहिर रहेका थिए ।

क्लबले च्याम्पियन्स लेगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएको हो । उनी मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछ । पीएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा तथा दोस्रो लेग ६ मार्चमा हुदै छ ।
पीएसजीका प्रशिक्षक थोमस टचेलले नेयमार छिट्टै फर्कनेमा धेरै गाह्रो रहेको बताएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]