default_image

7 years ago

January 29, 2019

मोराटा लोनमा एट्लेटिको मड्रिडमा

115 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड अल्भेरो मोराटा लोनमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा पुगेका छन् । मोराटा आफ्नो बाल्यकालको क्लब एट्लेटिको मडिडमा १८ महिनाका लागि सोमबार लोनमा अनुुबन्धित भएको हो ।

चेल्सीले युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइनलाई गता साता अनुबन्ध गरेसँगै उनी नयाँ विकल्पको खोजीमा थिए । मोराटाले सोमबारै टिमसँग प्रशिक्षण गरेका थिए । चेल्सीले मोराटालाई २०१७ मा ७१ मिलियन पाउन्डका स्पेनिस महारथी रियल मड्रिडबाट अनुबन्ध गरेको थियो । तर, चेल्सीले ९ मिलियन पाउन्डमा मोराटालाई एट्लेटिको मड्रिड पठाएको हो ।

युभेन्टस र रियलका पुर्व फरवार्ड मोराटाले मड्रिडमा २२ नम्वर जर्सी पहिरिनेछ । मोराटाले चेल्सीमा ७२ खेल खेल्दै २४ गोल गर्दा ६ एसिस्ट गरेका थिए । उनले ४८ खेलमा मात्रै पहिलो रोजाईमा अवसर पाएका थिए ।
बाल्यकाल क्लब एट्लेटिको मड्रिडमा फर्किएसँगै मोराटाले पास्ट पास्ट रहेको बताउदै पुनः एट्लेटिको फर्किनुमा खुशी रहेको बताए । उनले यहाँ आफुले सक्दो राम्रो गर्ने बताए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.