7 years ago
January 29, 2019
पोखरा(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब गन्डकी प्रदेशको सदरमुकाम कास्कीको पोखरामा मंगलबारबाट सुरु भएको छैटौ मनकामना केबलकार पोखरा कपमा विजयी भएको छ ।

पोखरास्थित पोखरा रंगशालाको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
एपीएफको जितमा आशिष लामा र सुदिप शिख्राकारले गोल गरे । शेर्पाका अमर डंगोलले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको २४औं मिनेटमा आशिष लामाको गोलबाट एपीएफले सुरुवाती अग्रता बनाएको थियो ।
५५औं मिनेटमा शेर्पाका अमर डंगोलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा सुदिप शिख्राकारले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । प्रतियोगिता अन्तरगत बुधबार च्यासल युथ क्लब र क्यामरुनको दाफिन्स फुटबल क्लबबीच खेल हुनेछ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा दुई विदेशी टिमसहति १२ टोलीको सहभागिता रहेको छ । दुई विदेशी टोलीमा जापानको रिस्से विश्व विद्यालय र क्यामरुनको दाफिन्ट फुटबल टोली रहेका छन् ।
नेपालका मनाङ–मस्र्याङदी, संकटा, थ्री स्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज र आयोजकको पोखरा–११ रहेका छन् । विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । पाँच विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार पाउने छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]