एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ । टोटेनहमले खेलमा पछि परेको स्थिति उल्ट्याएर जिच निकालेको हो ।

वाट्फोर्डका क्रेइग काथकार्टको गोलबाट टोटेनहम ३८औं मिनेटमा पछि परेको थियो । तर, खेल सकिन १० मिनेट बाँकी रहँदा ७ मिनेटको अन्तरमा ह्युङ मिन सनले ८०औं मिनेटमा र ८७औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण ३ अंक दिलाए ।
महत्वपुर्ण जितसँगै टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अकं दुरी २ मा छोट्याएको छ। टोटेनहमको ५४ तथा सिटीको ५६ अंक छ ।