default_image

5 years ago

February 2, 2019

तिलोत्तमा गोल्डकप फागुन पहिलो सातादेखि

दिपक न्यौपाने (बुटवल) – नेपालकै पुरानो र चर्चित प्रतीयोगिताको रुपमा चिनिएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१औ संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै २१औं संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ११ गतेसम्म हुने जानकारी गराएको हो । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सञ्चालन हुने चर्चित र […]

56 views

0 Bookmark

दिपक न्यौपाने (बुटवल) – नेपालकै पुरानो र चर्चित प्रतीयोगिताको रुपमा चिनिएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१औ संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ ।

आयोजक रुपन्देही जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गर्दै २१औं संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ११ गतेसम्म हुने जानकारी गराएको हो ।
एन्फा टेक्निकल सेन्टर देबिनगरमा सञ्चालन हुने चर्चित र प्रतिष्ठित तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजनका चर्चित क्लबका साथै विदेशी क्लबको पनि सहभागिता रहने जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष एवम् एन्फाका केन्द्रिय सदस्यसमेत रहेका दिर्घबहादुर केसीले बताए ।
प्रतियोगीताको बिजेताले नगद ८ लाख ८० हजार रूपैया पौप्त गर्नेछन् । दोस्रो हुने टिमले ५ लाख ५० हजार रूपैया पाउनेछ । यस्तै बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाइ नगद २५ हजारसहित सम्मान तथा सर्बोत्कृष्ट खेलाडीलाइ एक थान मोटरसाइकल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
करिव १ करोड रूपैया अनुमानित खर्च लाग्ने प्रतीयोगितामा आयोजकले १ लाख दर्शकले खेलको अबलोकन गर्ने बताएको छ

हालसम्मको विजेता टिम
पहिलो सिद्धार्थ खेलकुद परिषद् २०३३
दोस्रो बम्बइ फर्टिलाइजर मुम्बई २०३४
तेस्रो महेन्द्र पुलिस क्बल काठमाडौ २०३५
चौथो कालीका स्पोर्टिङ क्लब बुटवल २०३९
पाचौ कालिका स्पोर्टिङ क्लब २०४०
छैठौ कालीका स्पोर्टिङ क्लब २०४१
सातौ जनकपुर चुरोट कारखाना २०४२
आठौ आरएनएसी काठमाडौ २०४३
नवौ महेन्द्र पुलिस क्लब काठमाडौ २०५१
दशौ महेन्द्र पुलिस क्लब काठमाण्डौ २०५२
एघारौ महिन्द्रा एण्ड महिन्द्रा मुम्बई २०५३
बाह्रौ त्रिभुवन आर्मी क्लब काठमाडौ २०५४
तेह्रौ महेन्द्र पुलिस क्लब काठमाडौ २०५५
चौधौ रुपन्देही ११ रुपन्देही २०५७
पन्ध्रौ फ्रेन्ड्स क्लब काठमाडौ २०५८
सोह«ौ त्रिभुवन आर्मी क्लब २०६५
सत्रौ जावलाखेल युथ क्लब २०६७
अठारौ रुपन्देही११ रुपन्देही २०७१
उन्नाइसौ सि.एम.जी. क्लब सकटा २०७३
बिसौ थ्री स्टार काठमाण्डौ २०७४

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.