default_image

5 years ago

February 9, 2019

लिभरपुल पुनः शीर्षस्थानमा

लिभरपुल (एजेन्सी)– लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो । साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै […]

29 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो ।

साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको तेस्रो मिनेटमा मोहम्मद सालाहले गोल गर्दै टोलीको जित निश्चित पारे । जितपछि लिभपुलको ६५ अंक पुगेको छ । ३ अंक कमको सिटीले आइतबार चेल्सीको सामना गर्नेछ । बोर्नमाउथ ३३ अंकका साथ ११ औं स्थानमा छ ।

अन्य खेलमा आर्सनलका हर्डसफिल्ड टाउनलाई २–१ ले कार्डिफ सिटीले साउथ ह्यामटनलाई २–१ ले तथा वार्टफोर्डले एभर्टनलाई १–० ले पराजित गर्यो । त्यस्तै क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेडले १–१ बराबरी खेलेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.