काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबल टोलीका पहिलो कप्तान डाक्टर तालिमेरेन एओको सयौं वार्षिकी अवसरमा भारतको गुहावटीमा आयोजना हुने दोस्रो टी एओ सेन्टानारियो नर्थ इस्ट यु–२१ फुटबल च्याम्पियनसिपका लागि नेपालको एन्फा यू-२१ टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियसिपका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । यस्तै एन्फाले वैकल्पक खेलाडीको रुपमा ४ खेलाडी पनि समावेश गरेको छ । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठ रहेका छन् । सहायक प्रशिक्षकमा सल्यान खड्गी तथा गोलरक्षक प्रशिक्षकका रुपमा छन्नुराम चौधरी रहेका छन् ।
गत महिना सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा टोली छनोट गरिएको हो । केहि खेलाडीहरु उमेर हदबन्दी पुगेपनि क्लबहरुले छाड्न नमानेपछि एन्फाले उपलब्ध खेलाडीहरुलाई समेट्दै टोली बनाएको हो । आधिकारिक प्रतियोगिता नभएकाले एन्फाले क्लबहरुले चाहेको खण्डमा खेलाडीहरु फुकुवा नगरे हुने विकल्प दिएको थियो ।
अरुणान्चल फुटबल एसोसिएसन भारतको आयोजनामा हुने च्याम्पियनसिप यही फेब्रुअरी १९ देखि २८ सम्म गुवाहाटीमा हुदैछ । अरुणान्चल फुटबल एसोसिएसनले भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालिमेरेन एओको १ सयौ वार्षिकीको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एन्फा यू-२१ टोली :
गोलरक्षक : सोजित गुरुङ, विष्णु कुमार केसी, सूर्य अधिकारी
डिफेन्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रन्दीप पौडेल, छिरिङ गुरुङ
मिडफिल्ड : अनिल महर्जन, एरिक बिष्ट, मनिष थापा, मिक्चेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजीव लोप्चन, धिरज श्रेष्ठ, प्रेजेन तामाङ
वैकल्पिक : अभिषेक बराल (गोलरक्षक), सनिस श्रेष्ठ (डिफेन्डर), अरुज सिंह (मिडफिल्ड), रितिक खड्का (फरवार्ड)