default_image

5 years ago

February 14, 2019

एमबाप्पेले रोनाल्डोलाई उछिने

पेरिस (एजेन्सी)– फ्रान्सेली युवा स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले च्याम्पियन्स लिगमा पनि आफ्नो प्रभाव जमाउन थालेका छन् । खेल जीवनको छोटो समयमा नै उनले एकपछि अर्को सफलता हात पार्दै जान थालेका छन् । विश्वकप विजेता एमबाप्पेले च्याम्पियन्स लिगमा ब्राजिलियन रोनाल्डोको गोल गर्ने रेकर्ड तोडेका छन् । मंगलबार राती पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २–० […]

24 views

0 Bookmark

पेरिस (एजेन्सी)– फ्रान्सेली युवा स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले च्याम्पियन्स लिगमा पनि आफ्नो प्रभाव जमाउन थालेका छन् । खेल जीवनको छोटो समयमा नै उनले एकपछि अर्को सफलता हात पार्दै जान थालेका छन् ।

विश्वकप विजेता एमबाप्पेले च्याम्पियन्स लिगमा ब्राजिलियन रोनाल्डोको गोल गर्ने रेकर्ड तोडेका छन् । मंगलबार राती पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २–० ले हराउँदा दोस्रो गोल गर्दै एमबाप्पेले रोनाल्डोलाई उछिनेका हुन् ।

ब्राजिलियन रोनाल्डोले भन्दा एमबाप्पेले कम खेलमा १४ गोल पुरा गरेका छन् । एमबाप्पले २४ खेलमा १४ गोलको आँकडा पूरा गरेका हुन् । तर रोनाल्डोले भने ४० खेलमा १४ गोल गरेका थिए ।
युवा प्रतिभा एमबाप्पेको खेल जीवनले अझै लामो यात्रा तय गर्न बाँकी छ ।

च्याम्पियन्स लिगमै सर्वाधिक गोलकर्ताको सुचिमा पुग्नका लागि उनले अझ धेरै वर्ष कुर्नुपर्ने हुन्छ । हाल क्रिस्टियानो रोनाल्डोको नाममा १ सय २१ र लियोनल मेस्सीको नाममा १ सय ६ गोल रहेको छ । २० वर्षे एमबाप्पेले लामो करिअरमा त्यस रेकर्डलाई पछ्याउने सिलसिला सुरु भइसकेको छ ।

एमबाप्पले विस्तारै आफूलाई थप परिपक्व बनाउँदै लगेका छन् । उनले युनाइटेडसँग च्याम्पियन्स लिगको खेलपछि भनेका छन् , ‘हामी हिजै अर्को गोल पनि गर्न सक्थ्यौं । तर अब म अर्को लेगमा गोल गर्नका लागि पनि तयार छु ।’

पीएसजीले युनाइटेडमाथि २-० को सहज जित हासिल गर्दै क्वार्टरफाइनलको सम्भावनालाई बलियो बनाएको छ । टोलीका सुपर स्टारद्धय नेयमार र इडिन्सन काभानी विनापनि पीएसजीले महत्वपूर्ण जित हािसल गरेको हो ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.