default_image

5 years ago

February 24, 2019

तिलोत्तमा गोल्डकप फाइनल – पुलिस र दाउफिन्स कसले मार्ला बाजी ?

39 views

0 Bookmark

दिपक न्यौपाने ,बुटवल

तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लबले क्यामरुनको दाउफिन्स एफसीबीच सोमबार प्रतिस्पर्धा हुँदैछ । दाउफिसन्सले यो सिजन दुई नकआउट उपाधि जितेको छ भने पुलिसले सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।


दाउफिन्स बुटवल पुग्नुअघि मनकामना केबुलकार पोखरा कप र धरानको बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । पुलिस र दाउसफिन्सबीचको खेल एन्फा टेक्निकल सेन्टर देविनगरमा दिनको दिउँसो २ः३० बजे सुरु हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।

अहिले सम्म ५ पटकसम्म तिलोत्तमा गोल्डकप फुटबलको उपाधि जितिसकेको पुलिस सिजनको दोस्रो उपाधिका लागि आशावादी रहेको छ । उपाधि यात्रा तय गर्ने क्रममा पुलिसले सेमिफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि च्यासल युथ क्लब ३–१ ले हराएको थियो । दाउफिन्सले आयोजक रुपन्देही ११ लाई २–० ले हराएको थियो ।

दाउफिन्सले बुढासुब्बा गोल्ड कप जित्ने क्रममा सेमिफाइनलमा पुलिसलाई टाइब्रेकरमा हराएको थियो । बुढासुब्बाको हारको बदला लिनेमा दाउमा पुलिस रहेको छ । टोलीका प्रशिक्षक अनन्त थापाले दाउफिन्स्लाइ हराउने विश्वास व्यक्त गरे ।

थापाले पुलिस दबाबमा नखेल्ने बताएक छन् । दाफिन्सका कप्तान एनगौलाले पुलिस टोलीको तारिफ गरे । यद्दपी आफ्नो टोलीको प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने आशा व्यक्त गरे ।

तिलोत्तमा गोल्डकपको विजेताले ८ लाख ८० हजार र दोस्रो हुने टोलीले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.