default_image

6 years ago

February 25, 2019

डीबालाको गोलमा युभेन्ट्सको अपराजित यात्रा जारी

81 views

0 Bookmark

एजेन्सी – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फरवार्ड पाउलो डीबालाले निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत आइतबार बोलोग्नालाई १-० ले पराजित गरेको छ ।

लिगमा अपराजित रहेको युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको ६७ औं मिनेटमा डीबालाले गोल गर्दै युभेलाई अगाडी बढाए । ब्लेस माटुइडीको क्रसलाई बोलोग्नाले राम्रोसँग क्लियर गर्न नसक्दा डीबालाले त्यसै बलमा गोल गरेका थिए ।

खेल अवधिभर युभेन्ट्सको तुलनामा धेरै अवसर सिर्जना गरेको बोलोग्नाले गोल गर्न भने सकेन । निकोला सान्सोनेले इन्युरी समयमा खेल बराबरी ल्याउने प्रयास गरेपनि उनको शक्तिशाली प्रहारलाई युभेका गोलरक्षक माटिया पेरिनले विफल पारे ।

क्रिस्टियानो रोनाल्डोले भने सेप्टेम्बर यता पहिलो पटक अवे खेलमा गोल गर्न सकेनन् । उनले पछिल्लो ९ अवे खेलमा लगातार गोल गरेका थिए । उनले सन् १९९२-९३ मा गिसेपे सिग्नोरीले राखेको कीर्तिमानलाई बराबरी गर्न बोलोग्नाविरुद्ध गोल गर्नुपर्ने आवश्यकता थियो ।

यस जितसँगै युभेन्ट्सले लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । युभेन्ट्सको २५ खेलमा ६९ अंक छ । नेपोलीको २५ खेलमा ५६ अंक रहेको छ । नेपोलीले आइतबार पार्मालाई ४-० ले पराजित गर्दै युभेमाथि दबाब बनाउने प्रयास जारि राख्यो ।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.