default_image

6 years ago

February 28, 2019

रेनिएरी बर्खास्त

95 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब फुलहमले आफ्ना मुख्य प्रशिक्षक क्लाउडियो रेनिएरीलाई बर्खास्त गरेको छ ।

प्रिमियर लिग अन्तरगत बुधबार राति साउथह्याम्पटनसँग २–० को हारसँगै क्लबले इटालियन प्रशिक्षक रेनिएरीलाई बिहीबार बर्खास्त गरेको हो । फुलहम अहिले रेलिगेसन जोनको १९औं स्थानमा छ । साउथह्याम्पटनसँगको हारसँगै फुलहम रेलिगेसन नजिक पुगेको छ ।

फुलहमले २८ खेलबाट मात्रै १७ अंक जोडेको छ । जुन रेलिगेसन जोनबाट बच्न १० अंकले पछि हो । २७ अंकसहित साउथह्याम्पटन रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको छ । कार्डिफ सिटी २५ अंकसहित १८औं र हडर्सफिल्ड १४ अंक जोडेर पुछारमा छ ।

चेल्सी तथा लेस्टर सिटीका पुर्व प्रशिक्षक रेनिएरी गत नोभेम्वरमा फुलहमका प्रशिक्षक बनेका थिए । तर, उनको प्रशिक्षणमा पनि फुलहमले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् ।

रेनिएरीकै प्रशिक्षणमा लेस्टर सिटीले सन् २०१६–१७ को सिजनमा अविश्वनीय रुपमा प्रिमियर लिगको उपाधि जितेको थियो ।

अब उनको स्थानमा इंग्ल्यान्डका पुर्व मिडफिल्डर स्कट पार्करले अन्तरिम प्रशिक्षकको रुपमा यो सिजन काम गर्ने क्लबले जनाएको छ ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.